अनेरास्ववियु कास्कीका विभिन्न शैक्षिक माग, पुरा नभए आन्दोलन

पोखरा, २९ चैत /अनेरास्ववियु कास्कीले नयाँ शैक्षिकसत्र सुरुवातसँगै विद्यालयमा देखिएका समस्यालाई तत्काल समाधान गर्न माग गरेको छ ।

नयाँ शिक्षा नीति अनुसार निजी शैक्षिक संस्थाहरु संचालन हुन नसकेको जनाउँदै एक विज्ञप्ति जारी गरी तत्काल नियमसंगत सञ्चालन गर्नुपर्ने माग राखेको छ । अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमद्धारा हस्ताक्षरित सात बुदे विज्ञप्तिमा उल्लेखित मागहरु तत्काल लागु गर्न जोडदार माग गरिएको छ ।

यदि समस्याको समाधान गर्न नीजि शैक्षिक संस्था लगायत सम्बन्धित निकाय गम्भीर नभएमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी अनेरास्ववियु कास्कीले दिएको छ ।

नयाँ शैक्षिकसत्र सुरु संगै निजी शैक्षिक संस्थाहरु पब्लिकेशनमा धाउने र कमिशनको खेलमा लागेको देखिएकाले तत्काल कारवाहीको दायरामा ल्याउन, वैज्ञानिक शुल्क निर्धारण, बुकलिष्ट प्रकाशन नगरेका शैक्षिक संस्थालाई कारर्वाही, सरकारी तवरबाट दिईने छात्रावृत्ति पारदर्शी, अवैध तरिकाले सञ्चालन भएका शैक्षिक संस्थाले विद्यार्थीहरुको क्षतीपूर्ति सहित संस्थालाई कारवाही, सरोकारवालासंग प्रर्याप्त छलफल नगरी ल्याईएका नीतिलाई खारेज गरि विद्यार्थी संगठनको उपस्थितिमा नयाँ नीति बनाउन, दोकानको रुपमा खोलिएका शैक्षिक संस्थालाई तत्काल कारवाही गर्न माग गरेको छ ।

कमेन्टहरु
Loading...