पोखराको याम्दीमा ट्रक दुर्घटना, चार घाइते

पोखरा, ४ आसर /पोखराको याम्दीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।

पोखराबाट हेम्जा जादै गरेको ग१ख ३६८१ नम्बरको ट्रक दुर्घटना हुदा चार जना घाइते भएका हुन् । उनिहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ । घाइते हुनेमा धादिङ्ग घर भई पोखरा १ सिम्पानी बस्ने २१ वर्षिय कृष्ण गिरी, निरमाया तामाङ्ग, मनमाया तामाङ्ग, निरमाया गुरुङ रहेका छन् ।

मनमायाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । विहान ३ बजे तिर भएको दुर्घटनाको आधा घण्टा पछि मात्रै दुर्घटना भएको थाहा भएको थियो । सडकबाट करिब १० तल ट्रक खसेको थियो । घाईते युवती नै माथि सडकमा आएर सवारी रोके पछि मात्र दुर्घटना भएको थाहा भएको थियो ।

कमेन्टहरु
Loading...