अष्ट्रेलियन युनिभर्सिटी फेयरबाट ३ सय विद्यार्थी लाभान्वित

पोखरा, २ माघ /अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरि पोखरामा द अष्ट्रेलियन युनिभर्सिटी फेयर भएको छ । पोखराको न्युरोड भाटभटेनीमा रहेको ग्लोबल रिचले गरेको फेयरमा ३ सय जना विद्यार्थी तथा विद्यार्थीका अभिभावकले सहभागिता जनाएको ब्रान्च कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिए । फेयरमा अष्ट्रेलियाका २१ भन्दा धेरै युनिभर्सिटीको प्रत्यक्ष सहभागिता रहेको थियो ।

पोखरा न्युरोडको सिटी स्क्वायर बैंक्वेटमा भएको फेयरमा विद्यार्थीले अष्ट्रेलिया अध्ययनका लागि जान आवश्यक विषयका बारे आफ्नो कौतुहलता अष्ट्रेलियाकै विश्वविद्यालयका प्रतिनिधीहरुबाट मेटाएका थिए ।सहभागी अधिंकाश विद्यार्थीहरुले अष्ट्रेलियाको शिक्षण प्रणाली, शुल्क, विषय तथा प्रकृयाका बारेमा जिज्ञासा राखेका थिए । ग्लोबल रिचले बर्षको २ पटक पोखरामा एजुकेशन फेयर गर्दै आएको छ ।

अष्ट्रेलियामा रहेको ४० युनिभर्सिटी मध्य २१ भन्दा बढि युनिभर्सिटीका प्रतिनिधीले त्यहाँको शिक्षा र उक्त शिक्षाका लागि आवश्यक पर्ने योग्यताका बारेमा जानकारी तथा परामर्श प्रदान गरेको थियो । फेयरका कारण बिद्यार्थीहरु लाभान्वित भएको ब्रान्च कोअर्डिनेटर गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...