भक्तपुरवासीलाई आयो एकदमै खुसीको खबर , बोलेको पुरा गरे महेश बस्नेतले

पुस १९ / प्रदेश नम्बर ३ को अस्थायी राजधानीका रुपमा सरकारले भक्तपुरको सानोठिमीलाई तोकेको छ । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेर मंगलबार (हिजो) सार्वजनिक गरेको हो ।

‘भक्तपुरको सानोठिमीलाई प्रदेशको राजधानी जसरी नि बनाउँछु’ भन्दै निरन्तर पहल गर्ने भक्तपुर २ नं. क्षेत्रका नवनिर्वाचित सांसद महेश बस्नेत हुन् । बस्नेत भन्छन्, ‘चुनावी दौरानको क्रममा बोलेको मेरो प्रतिबद्वता पूरा भएको छ ।’

सानोठिमीलाई प्रदेश नम्बर ३ को राजधानी तोक्न गत शुक्रबार सर्वदलीय बैठक बसेको थियो ।

कमेन्टहरु
Loading...