सन् २०२० मा विश्वका घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा

पोखरा, १ पुष/ फोब्र्सले नेपाललाई सन् २०२० मा नेपालाई घुम्नै पर्ने १० उत्कृष्ट देशको पहिलो नम्बरमा राखेको छ । फोब्र्सले सार्वजनीक गरेको सुचिमा नेपाल पहिलो नम्बरमा छ । नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले नेपालको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छ ।

फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । नेपालमा पाइने सास्कृतीलाई समेत समेत उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...