पोखरामा स्काई डाइभ शुरु

सागर राज तिमिल्सिना
पोखरा, २६ कात्तिक/पर्यटकीय नगरी पोखरामा आजदेखि दुई दिने अन्नपुर्ण स्काई डाइभिङ शुरु भएको छ । पर्यटन प्रबर्धन गर्ने उद्देश्यले कास्कीको बाम्दीमा स्काई डाइभिङ शुरु भएको हो । स्काई डाइभिङका लागी बेलायती, अमेरिकी, अस्टे«लियन लगाएतका देशका १० जना व्यावसायीक स्काई पाइलटले सहभागीता जनाएका छन् । नेपालमा स्काई डाइभलाई व्यावसायिकता प्रदान गर्न एभरेष्ट स्काई डाइभले कार्यक्रमको आयोजना गरेको हो ।

स्काई डाइभमा १० जना नेपाली पनि सहभागीता जनाका छन् भने टेन्डका लागी भारत, नेदरल्यान्ड लगाएतका देशबाट ७ जना आएको एभरेस्ट स्काई डाइभिङका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । स्काई डाइभका लागी फिस्टेल एयरको हेलिकप्टरबाट १२ हजार देखि १४ हजार फिटबाट हामफालि प्यारासुटको साहारामा तल झर्ने कार्यक्रमका संयोजक फुल बहादुर तामाङले बताए ।

यो साहारीक खेल भएको बताउदै तामाङले पर्यटन विकासका लागी कार्यक्रम सन्चालन गरेको बताए । सन् २००८ मा सगरमाथाबाट निरन्तर नेपालमा स्काइ डाइभ सन्चालन गर्दै आएको तामाङले बताए । विभिन्न ठाउँमा सन्चालन गर्दै आएकोमा यस वर्ष पोखरामा सन्चालन गरेको उनले बताए । स्काई डाइभमा टेन्डम उडान गरे पछि भारतका कपुर स्वामी प्रकासले पहिलो पटक मै स्काइ डाइभले मन जितेको बताए ।

कमेन्टहरु
Loading...