पोखरामा सडक महोत्सव सुरु, संस्कृती देखेर पर्यटक दंग

पोखरा, १३ पुस

सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा शुक्रबार देखि २० औ पोखरा सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १९ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ ।

लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ ।

विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका थिए । उद्घाटन गदै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रकृतिले मात्रै नभइ सास्कृतीक रुपमा पनि धनि भएको बताए । उनले सडक महोत्सव नेपालका कै महोत्वपुर्ण महोत्सव बनिसकेको बताउदै आगामी वर्षहरुमा अझ भव्य बनाउन प्रदेश सरकार पनि लाग्ने बताए । उनले २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटका ल्याउन यस्ता कार्यक्रमले प्रभावकारी बन्ने बताए । अहिले गण्डकी प्रदेशमा करिब १० लाख पर्यटक आउने गरेको उनको भनाई छ ।

खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झै सिगारिएको छ । पुस १७ गते सम्म संचालन हुने महोत्सव स्थलको विवाह घर जस्तै रङगीचङगी भएको छ । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी धोजा पताकाले टागेर सिगारिएको छ ।

अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आक्रषण रहेका छन् । नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोज गरेको रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।

पाँचदिने सडक महोत्सवमा महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत साँस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत हुने छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।

कमेन्टहरु
Loading...