राईनासकोट होमस्टे उत्कृष्ट गाउँ घोषित

पोखरा, १४  साउन / स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँमा घोषित भएको छ ।

गाउँ पर्यटन प्रबद्धन मञ्च (भिटोफ) नेपाल द्धारा घोषण गरेको बर्ष गन्तब्यमा परिसकेको राईनास यो बर्ष उत्कृष्ट पर्यटकिय गाउँ घोषित भएको हो । अमेरीकी नागरीक लतासाको सहयोगमा निर्माण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्याबलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेको हुन ।

बर्षनी राईनास जाने पर्यटकहरुको संख्या बृद्धि हुदै गएको छ । बर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राईनासमा आक्रसित भएको हो । त्यहाँको अतिथि सत्कार तथा होमस्टे परिपरिको बाताबरण, सास्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मनपराउने होमस्टे सञ्चालक बिष्णु गुरुङ्गले जानकारी दिए ।

राईनासकोटको बारेमा पत्रकार बिक्रम न्यौपानेले निर्माण गरेको भिडियो रिपोर्ट हालै मात्र ग्रामिण पर्यटन बिद्यामा पुरस्कृत भएको थियो । राईनासकोटमा अहिले भिडियो छायाँकन पनि बढ्न थालेको छ । राईनासबाट लमजुङ्ग, गोरखा, तनहँु तथा नारायणी नदि देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ ।

यो बिधामामा यस अघि लमजुङ्गकै काउलेपानि होमस्टे, कास्कीको कालाबाङ्ग, हेम्जाकोट पुरस्कृत भैसकेका छन् । लमजुङ्ग जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो । राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताउछन ।

प्रचार प्रसारमा स्थान पाईरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघिय सरकारले पनि यो बर्ष करिव एक करोड बजेट बिनियोन गरेको छ । शाहा बंशिय राजाहरुले राज्य गरको गढीको रुपमा राईनासकोट लाई चिनिन्छ ।

काठमान्डौमा हुने एक बिषेश समारोहका बिच बुधबार राईनासकोट सामुदायिक होमस्टेलाई पुरस्कृत गरीने भिटोफ नेपालका केन्दीय अध्यक्ष धुब्र सिंखडाले जानकारी दिए ।

कमेन्टहरु
Loading...