¥याफ्टिङमा अपर सेती विश्वको दसै भित्र (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, २६ असोज/पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि उपयुक्त बन्दै गएको छ । विश्वको दसौं स्थानभित्र पर्ने सेती जलयात्रा पर्यटकको रोजाइको नदी बनेको छ । पोखरादेखि नजिक भएकाले पनि छोटो समयमा धेरै मनोरञ्जन लिन सकिने नदीका रुपमा पर्यटकहरुले सेती नदीलाई लिँदै आएका छन् । तीन घण्टाभित्रमा जलयात्रा गरिसकिने भएकाले पनि छोटो समयका लागि पोखरा आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।

rafting (1)अपर सेती नदीमा वर्षमा ५ महिना ¥याफटिङ गर्न सकिने ¥याफ्टिङ एसोसिएसन (नारा)का महासचिव धर्मेन्द्र बाटाजूले बताए । ४ ग्रेडभन्दा माथिको पानीको बहाव भएकाले पनि अपर सेतीमा ¥याफटिङ विश्वका उत्कृष्ट दसौं स्थानमा पर्न सफले छ । नेपालमा सेती, काली, मस्र्याङ्दी, त्रिशूली, तमोर, सुनकोसी, कर्णालीलगायतका नदीलाई सरकारले जलयात्राका लागि खुल्ला गरेको छ ।

पछिल्लो समयमा जलविद्युत् गृहहरु बन्दै गएपछि कतिपय नदीहरुमा अपेक्षा गरेअनुरुप जलयात्रा हुन नसकेको बताइएको छ । सेती र मर्दीको दोभानबाट करिब ८ किलोमिटर दूरीको याम्दीसम्म ¥याफ्टिङको यात्रा हुने गर्दछ । नेपालमा आउने पर्यटकमध्ये २५ प्रतिशतले ¥याफ्टिङ गर्ने गरेको छन । ¥याफ्टिङ व्यवसाय आकर्षको केन्द्र बन्दै गएपछि व्यावसायीहरु पनि बढ्न थालेका छन् । पोखरामा मात्र १२ वटा कम्पनी कार्यरत छन भने देशभर १ सयभन्दा ¥याफ्टिङ व्यवसायी रहेका छन् । ¥याफ्टिङ गदै हिमाल हेर्दै रमाउन सकिन्न छ ।

rafting rafting (2)

rafting (3)

कमेन्टहरु
Loading...