पोख्रेली ब्यवसायको सहितको टोली सिलगुडीमा

सिलगुडी, २१ माघ  /भारतको सिलगुडीमा भोली देखि शुरु हुने बंगाल ट्राभल मार्ट(विटिएम)मा सहभागी हुन पोख्रेली ब्यवसायको सहितको टोली सिलगुडीमा आएको छ । नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदले आज पत्रकार सम्मेलन गरी ट्राभल मार्टमा नेपाल र पोखराको पर्यटनको वारेमा जानकारी दिन पोखरा नाइट समेत आयोजना गरेको जानकारी दिईयो । नेपाल पर्यटन वोर्डका प्रवन्धक सुर्थ थपलियाले उत्तरपूर्वी भारतसँग गाढा बनाउन प्रवद्र्धनात्मक कार्यक्रम लिएर आएको बताए ।उनले प्रवद्र्धनात्मक कार्यक्रवाट नेपाल भारत दुवैलाई पर्यटन क्षेत्रमा टेवा पुग्ने वताए ।

नेपाली भाषीको बाहुल्यता रहेको त्यो ठाउँ हाम्रो धर्म संस्कृतिसँग पनि उत्तिकै मल्निे भएको पर्यटकीय साझेदारीका धेरै सँभावना रहेको थपलीयाले वताए । कार्यक्रम संयोजक एवम् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले उत्तरपूर्वी भाारतका सिलगुडी, डुअर्स, ग्याङ्गटोकका साथै सिक्किम, दार्जलिङ हुँदै मणिपुर, आसाम लगायतका स्थानबाट धेरै भारतीय पर्यटक नेपालको काँकरभित्ता सहित पूर्वी क्षेत्रका नाका हुँदै आउने गरेको बताए ।कार्यक्रमा नेपाल भारतका ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न सहज हुने छ । भारतका उत्तरपूर्वी राज्यहरूबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको छ ।उत्तरपूर्वी भारतसँग गाढा बन्दै गएको पर्यटकीय सम्बन्धलाई अझै मजबुत बनाउने लक्ष्यका साथ पोखरा पर्यटन परिषदले वर्षेनी उक्त क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको सिग्देलले जानकारी दिए ।

माघ २२ गतेदेखि २७ गतेसम्म उक्त क्षेत्रमा प्रवद्र्धनात्मक भ्रमण हुने छ । भारतको सिलगुडी, गुवाहाटी लगायतका शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरिने छ ।प्रवद्र्धनात्मक भ्रमणका क्रममा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनका साथै पर्यटनसम्बद्ध व्यवसायीसँग अन्तरक्रिया गरिने कार्यक्र रहेको छ । उत्तरपूर्वी भारतका पश्चिम बंगाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरम लगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् ।

अफगानिस्तानबाट पाकिस्तानहुँदै सुरु हुने विश्वको पूर्वी हिमाली श्रृङखला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकोले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका दृष्टिले पनि यिनीहरूको संयुक्त विकासको विषयले पछिल्लो समयमा चर्चा पाउन थालेको छ ।नेपालमा आउने कुल विदेशी पर्यटक मध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाइ मार्गहुँदै आएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाइ मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन् ।नेपाल आउने विदेशी पर्यटक नेपाल पछि भुटान र सिक्किम जाने भएकोले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारत सहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।

कमेन्टहरु
Loading...