नाट्टाको फाम टुर पोखरा–कोरला आज देखी

पोखरा, ११ जेठ/नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज देखि फाम टुर हुने भएको छ ।

पर्यटन प्रवद्र्धनको उद्देश्य सहित नाट्टाले सन् २००४ देखि शुरु गरेको फाम टुर यस पटक पोखरा देखि मुस्ताङको कोरला र कोरलादेखि पोखरा सम्म हुने भएको छ ।

पाँचदिने अवलोकन भ्रमणमा नाट्टा गण्डकी प्रदेश संघमा आवद्ध सदस्यहरु, नेपाल पर्यटन बोर्ड, बिभिन्न पर्यटकिय संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा पत्रकार सहित ३७ जनाको सहभागीता रहने नाट्टा पोखराका अध्यक्ष सन्तोष पोख्ररेलले जानकारी दिए ।

टोलीले बागलुङ, म्याग्दी र मुस्ताङको लोमाङथाङमा अन्तक्रिया, भेटघाट तथा पत्रकार सम्मेलन गर्नेछ । त्यस्तै भ्रमणका क्रममा स्थानिय जनप्रतिनिध सरकारी निकाय तथा सम्बन्धित व्यबसायीहरु संग छलफल गरिने उनले बताए ।

‘भ्रमणले गण्डकी प्रदेशको प्रर्यटन प्रबद्र्धन र प्रदेश सरकारले घोषण गरेको आन्तरिक भ्रमण बर्ष २०१९ लाई सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा नाट्टा गण्डकी प्रदेशले विश्वास लिएको छ’– उनले बताए ।

पत्रकार सम्मेलनमा संस्थाका निर्वतमान अध्यक्ष दिलप्रसाद गौतम, उपाध्यक्ष सञ्जय कान्त सिग्देल, महासचिव हरिराम अधिकारी लगाएतले भ्रमणका बारेमा जानकारी दिएका थिए । सोही अवसरमा भ्रमणका लागि आवश्यक औषधीहरु पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...