प्याराडिसो स्पोर्टस् बारमा भ्यालेन्टाईन डे विशेष साङगितिक कार्यक्रम

पोखरा, ३ फागुन /प्रणय दिवसका अवसरपारेर पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रणय दिवस, फेव्रुरी १४, भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई विषेश बनाउन विशेष कार्यक्रमको आयोजना गरेको हो ।

मंगलबार साझँ हुने कार्यक्रममा कपल पार्टि हुने प्याराडिसो स्पोट बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले नेपाली युवाहरु माझ पनि पछिल्लो समय लोकप्रिय बन्दै गएको बताउदै युवायुवतीक अझ विषेश बनाउन कार्यक्रम आयोजना गरेको बताए । उनले जोडी र युवतीलाई प्रबेश शुल्क नलाग्ने बताए ।

डिजे आशिष, मिसिरियस राज कुमार, डिजे भ्यालेन्टाईन, डिजे लभ र सधै जस्तै बारका कलाकारको विशेष प्रस्तुती रहने उनले जानकारी दिए । पार्टी साझँ ७ देखि सुरु हुने पार्टीमा राती सम्म चल्लने छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि बार केही महिना पहिले सञ्चालनमा आएको हो । छोटो समयमा नै ग्राहकाको मन जित्न सफल भएको भन्दै पौडेलले साङगितिक साझँमा आउनेका लागि विशेष छुटको समेत व्यवस्था भएको बताए ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ। उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।

कमेन्टहरु
Loading...