रवि लामिछानेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती

पोखरा, ३१ साउन / पत्रकार रवि लामिछाने सहित तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीले अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो । पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए ।

कमेन्टहरु
Loading...