नेपाल भारतको सम्बन्धमा सुधार – काउन्सिलर जयन

पोखरा, ९ जेठ /नेपालीका लागि भारतीय राजदूतवातका काउन्सिरल अरुण जयनले नेपाल र भारत दुई देश बीचको सम्बन्धलाई राजनैतिक र आर्थिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । नेपाल भारत मैत्री संघ कास्कीद्धारा आइतबार पोखरामा आयोजित अन्तक्रियामा काउन्सिलर जयनले नेपाल र भारतको सम्बन्ध दुई देशका जनता बीचको भावनात्मक सम्बन्ध रहेको स्पष्ट पारे ।

नेपाल भारतको सम्बन्धमा सुधार – काउन्सिलर जयन
नेपाल भारतको सम्बन्धमा सुधार – काउन्सिलर जयन

उनले दुई देश बीचको सम्बन्धलाई प्रगाड बनाउन जनता–जनता बीचको सम्बन्धलाई अझै ग्रास रुटसम्म लैजानु पर्ने भनाई थियो । अन्तक्रियामा विभिन्न व्यक्तिहरुद्धारा राखिएको जिज्ञासाको जवाफ दिदै भारतले नाकाबन्दी नगरेको स्पष्ट पार्दै घर भित्र कहिल्य काही हुने झगडाका रुपमा आग्रह गरे । नेपाल र भारत बीचको सम्बन्ध साँस्कृतिक, धार्मिक, ऐतिहासिक मात्र नभई पारिवारिक पनि भएको उनको भनाई थियो ।

कार्यक्रममा सभासद् शारदा पौडेलले चीनसँग उद्योग वाणिज्य देखि लिएर अन्य व्यापार व्यवसायको सम्बन्ध विस्तार हुन सक्ने तर भारतको जस्तो साँस्कृतिक र धार्मिक सम्बन्ध हुन नसक्ने भएकाले चीन र भारत बीचको सम्बन्ध आ–आफ्नो भू–परिभेष अनुसारको रहेको स्पष्ट पारिन् । कार्यक्रममा नेपाल भारत मैत्री संघ कास्कीका अध्यक्ष ऋषि सापकोटाले दुई देश बीचको सम्बन्धलाई प्रगाड र गतिशिल बनाउन पनि मैत्री संघको भूमिका उल्लेखिय रहेको बताए ।

कार्यक्रममा भारतले नेपालको विकास आयोजनामा गरेको सहयोग, स्वास्थ्य शिक्षा, खानेपानी लगायतका क्षेत्रको योगदान तथा नेपाल प्रति गरेको नाकाबन्दीको बारेमा पनि सहभागीले खुलेर प्रश्न राखेका थिए । त्यसै गरी भारतीय सेनामा रहेका गोर्खा भूपूहरुको योगदान र उनीहरुको पेन्सन लिदाँ खेरिको कठिनाईका बारेमा समेत गोर्खा भूपूहरुले प्रश्न राखेका थिए ।

त्यसै गरी कउन्सिलर जयनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ईमरजेन्सी विभागमा ५० सैयाको आधुनिक एवम् सुविधा युक्त कक्ष निर्माणका लागि २५ करोडभन्दा माथिको योजना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले प्रस्ताव पेश गर्नु भयो भने विन्ध्यवासिनी संस्कृत छात्रवासका लागि १ करोड २२ लाखको प्रस्ताव क्याम्पस प्रमुख अम्विका प्रसाद भट्टराईले पेश गर्नु भयो । सो प्रस्तावमा कउन्सिलर जयनले भारत सरकार सकारात्मक रहेको बताए ।

कमेन्टहरु
Loading...