जनकपुरमा खुल्यो स्तरीय होटल सिताशरण

जनकपुर, १० चैत/जनकपुरमा स्तरीय होटलको आवश्यकता खड्कीएका बेला एक व्यवसायीले करिब ३२ करोडको लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । जनकपुरको जिरोमाइलमा होटल सिताशरण सञ्चालनमा ल्याएका हुन् ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरि होटल सञ्चालनमा ल्याएको होटलका म्यानेजर कमल सिंङले जानकारी दिए । ‘जनकपुरमा नेपाली, भारतीय र अन्य देशबाट पनि पर्यटक आउद छन्,’ उनले भने, ‘स्तरीय होटल नहुदा पर्यटकको बसाइ खल्लो हुने गरेको थियो ।’ उनले पर्यटकलाई राम्रो सुविधा सम्पन्न सेवा सहितको होटल सञ्चालनमा ल्याउदा जनकपुरको बसाइ आरामदायी हुने बताए ।

होटलमा ३८ कोठा रहेका छन् । होटलमा डिलक्स, सुपर डिलक्स, सुइटस् र सुपर सुइटस् गरि चार स्तरका कोठाहरु रहेको उनले जानकारी दिए । स्वदेशी र विदेशी दुबैलाई २५ सय, ३५ सय, ४५ सय र ७५ सय रुपैया कोठाको पर्ने उनले जानकारी दिए । होटलमा सभाहल, पार्टि हल र आफै पकाएर खानका लागि पनि छुट्टै व्यवस्था रहेको उनले जानकारी दिए । उनले नेपालीका लागि छुट सहितको छुट्टै प्याकेजको पनि व्यवस्था गरेको जानकरी दिए ।

जनकपुरमा खुल्यो स्तरीय ‘होटल सिताशरण’
जनकपुरमा खुल्यो स्तरीय ‘होटल सिताशरण’
जनकपुरमा खुल्यो स्तरीय ‘होटल सिताशरण’
जनकपुरमा खुल्यो स्तरीय ‘होटल सिताशरण’
कमेन्टहरु
Loading...