हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत

पोखरा, ५ साउन / पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ ।

हिलसाइड बोडिङ स्कुलको सहकार्यक्रमा कलेजले कक्षा ११ र १२ यस वर्ष देखी सञ्चालन गरेको हो । आइतबार एक कार्यक्रम गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उच्च शिक्षाको पाइला अगाडी बढाउन शुभकामना दिए ।

स्वागत कार्यक्रममा बरिष्ठ साइकोलोजिस्ट डाक्टर सुशिल कडेलले विद्यार्थीलाई उच्च शिक्षाका लागि शुभकामना दिदै निरन्तरको अध्ययनले नै सफल भइने बताए ।  उनले विद्यार्थीलाई निरन्तर रुपमा अध्ययन गरेर अगाडी बढ्न सल्लाह दिदै पढाई,सामाजीक कार्य, खेलकुद लगाएतका क्षेत्रलाई पनि सगै अगाडी बढाउनु पर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा अधिकृत जीवन रेग्मीले व्यवस्थापन र होटल म्यानेजम्यान्ट विषय व्यवहारीक विषय भएको भन्दै विद्यार्थीलाई पछि सम्म काम लाग्ने बताए ।

कार्यक्रममा कलेज सञ्चालक सुदनकुमार मुल्मी, क्याम्पस प्रमुख हरी कार्की, सहाय क्याम्पस प्रमुख प्रदीप खनाल, हिलसाइड स्कुलका निर्देशक लिला पराजुली, कलेजका सञ्चालक मोतिराज तिमिल्सिना, अभिभावक होम नेपाली र विद्यार्थी सुमिता तिमिल्सिना विद्यार्थीहरुले पढाइ गर्दा मध्ये नजर गर्नु पर्ने कुराहरुमा जोड्दिएका थिए ।

हिमाल कलेजमा गण्डकी प्रदेशमा त्रिवि अन्र्तगतका नीजि क्याम्पसहरुमा विविएसमा सबैभन्दा बढि विद्यार्थीहरु पढ्दै आएका छन् । कार्यक्रममा विभिन्न सास्कृतीक कार्यक्रम प्रस्तुत भएको थियो ।

हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
कमेन्टहरु
Loading...