गगन थापाले भने,- ‘सभापतिज्यू पार्टीको र आफ्ना साख जोगाउनुस्’

दाङ वैशाख २४ (सेतापाटी)

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवानेता गगन थापाले आफ्नो र पार्टीको साख जोगाउन पार्टी सभापति शुशिल कोइरालालाई आग्रह गरेका छन्। रोल्पामा हुने आमसभामा सम्बोधन गर्न जाने क्रममा दाङ पुगेका युवा नेता थापाले प्रेस युनियन दाङले गरेको कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारीस गरिएका लोकमानसिंह कार्र्कीलाई जतिसक्दो चाँडो रोकेर आफ्नो र पार्टीको साख गिर्नबाट बचाउन कोइराललाई आग्रह गरेका हुन्।

अख्तियारले नै जनआन्दोलनको अपराधि ठहर्‍याएको व्यक्तिलाई अख्तियार प्रमुख हुनबाट बचाउन नसके पार्टी सभापतिको आफ्नो र समग्र पार्टीकै साख गुम्ने थापाले चेतावनी दिए। ‘यदि सभापति कोईरालालाई आफ्नो र पार्टीको साख जोगाउनु छ भने उनले लोकमानसिंह कार्र्कीका पक्षमा गरिएको सम्पूर्ण निर्णय उल्टाउन सक्नु पर्छ’ थापाले भने। उनले सभापति कोइराललाई पार्टीको निर्णय फिर्ता लिएर आफूहरूलाई शिर ठाडो पारी राजनीति गर्ने वातावरण बनाईदिन समेत आग्रह गरे।

कार्कीको बारे पार्टीमा कोइराला एक्लैले निर्णय गरेको हुनाले एकलै निर्णय फिर्ता लिन आग्रह गरे। थापा संवैधानीक अंगहरूमा अहिलेको चुनावी सरकारले थप नियुक्ती गर्नु हुन्न भनी चार बुँदे लिखित प्रश्ताव कांग्रेस केन्द्रिय समितिमा दर्ता गर्ने २२ केन्द्रिय सदस्य मध्येका एक हुन्। उनिहरूले चुनावको सुनिश्चितताका लागि खिलराज रेग्मीले प्रधानन्याधीश पदबाट राजिनामा गर्नु पर्ने पनि चार बुँदे प्रश्तावमा माग पनि गरेका छन्। cp.

कमेन्टहरु
Loading...