ड्याङ आवाज आयो, हतारीदै बाहिर जादाँ ठुलो आगो बलिरहेको थियो

सागर राज तिमिल्सिना
पुसको २६ गते अर्थात मंगलबार राती लेकसाइडको स्नोल्याड होटलको लबिमा चार जना साथीहरु कुरा गरिरहेका थियो । मेरा आखाँ घरिघरि भित्तामा राखीको घडीमा गएका थियो । किन भने अन्य दिन भन्दा अल्ली चाडो घर जाने मेरो मनले गरेको थियो । रातको करिब १० बजेर २५ मिनेट गएको थियो । ड्याङ पड्कीएको आवाज आएको सुनियो । मेरो बाया तर्फ रहेका सिरोज कोइरालाले ठुलो आवाज आएको इसारा गर्नु भयो ।

त्यती कै मा होटलका सञ्चालक गणेश थापा के भयो भन्दै बिहिर जानुभयो । गणेश दाई दाई भन्दै ठुलो आवाजमा हतारीदै बाहिर गएको केही बेरमा नै भित्र आउनु भयो । निकै हतारीका गणेशले केही भनिरहेका थिए तर हामीले बुझ्न सकेनौ र हतार हतार सिरोज कोइराला, कृष्णमणी बराल र म बाहिर निस्कि हाल्यो । होटलको गेट बाहिर निस्कदा बाराहीचोक तर्फ रातो उज्यालो देखे पछि आगोलागी भएको संका गर्दै अगाडी बढि हाल्यो । केहि अगाडी गए पछि प्रस्ट भयो कि बाराही चोकमा रहेको ट्राइस्टार रेष्टुरेण्टमा आगलागी भएको रहेको छ ।

आगलागी भएको देखेपछि हामी पुग्दा अन्य करिब १० जना जति साथीहरु पनि पुग्नु भएको थियो । हामी कोही दमकल त कोही प्रहरी र कोही विजुली अफिसमा खरब गर्दै थियो । प्रहरी त खबर गरेको १० मिनेट पछि आयो तर आगो नियन्त्रणका लागि केहि गर्न सक्ने स्थितीमा प्रहरी पनि थिएन । समाचार रिपोटीङका बेला समय समयमा रेष्टुरेण्टका सञ्चालक धमेन्द्र बाटाजु सगँ कुराकानी भएको थियो । होटल, रेष्टुरेण्ट, ट्राभल्स, ¥याफ्टिङ उनको व्यवसाय थियो । रेष्टुरेण्टको अगाडी दुईवटा मोटरसाइकलहरु थिए रेष्टुरेण्ट बाटाजु कै थिए ।

दोस्रो तलामा काठबाट निर्माण भएको रेष्टुरेण्टमा ठुलो राफसहितको आगो बलिरहेको थियो । दुईवटा मोटरसाइकलमा पेट्रोल भरी भएका मोटर साइकलमा आगोलागी भएमा अझ ठुलो विस्पोट हुने देखे पछि रेष्टुरेण्टका कर्मचारी फायर ग्यास लिएर मोटरसाइकालमा लागेको आगो निभान दकुरी जान्थे अनि ग्यास छोडेर भागी हाल्थे । न बाल्टीमा पानी लिएर जानु न ग्रागीमा पानी लिएर जानु आगो हेर्दै दमकलको प्रतिक्षा गर्नु बाहेक कुनै अरु कुनै उपाए थिएन । आगो बल्दै जादा वरपरका अन्य मानिस, प्रहरी, नेपाली सेना बाराहीचोकमा भरि सकेका थिए ।

दमकल नआए पछि हामीले कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई कृष्णमणीलाई फोन गर्नु भयो । आगोको राफ र ताफ फैलीदै जादा रेष्टुरेण्टमा भएका सिलिण्डर ग्यास पालै पालो पड्कन थाले । ग्यास पड्कदा वरवर रहका मानिसहरु भागाभाग भए । फोन गरेको करिब आधा घण्टा वित्ति सक्दा पनि दमकल नआए पछि स्थानीय र सञ्चालक बाटाजु निकै आक्रोसित भएका थिए । बाटाजु हाफपाइन्ट र टिर्सटमा रुदै कराउदै कस्तो व्यवस्था प्रणाली भन्दै चिच्याइ रहेका थिए । अन्य सर्वसाधारणहरु पनि उनि सगँ चिच्याइ रहेका थिए । म पनि केहि बेर चिच्याए । तर केही नहुदो रहेछ । सर्वसाधरणहरुले प्रहरीलाई आगो निभाउन जानका लागि घुचडी रहेका थिए ।

तर एउटा लौरीको भरमा प्रहरी पनि के गरोस् । वाल्ल परेर रमिते बनिरहेको थियो । करिब ११ बज्नै लाग्दा एउटा दमकल साइनर बजाउदै आयो । तर बाटोमा सवारी साधनहरुले रोक्ने देखे पछि सिरोज कोइराला र म सवारीलाई साइड लगाउन तर्फ थाल्यो । दमकल आए पछि पनि स्थानीयले आक्रोष पोख्दै थिए । कति ढिलो आएको । दमकल आएपछि पानी हाल्न त सुरु ग¥यो । तर धेरै लामो समय सम्म पुग्ने पानी नै रहेन छ । पोखरा उपमहानगर पालिकाको अर्को दमकल पहिलो दमकल आएको आधा घण्टा पछि आयो । दुईवटा दमकलले निभाउने कोषिस त गरे तर सम्भव भएन ।

सोही समयमा शसस्त्र प्रहरीको फायर फाइटीङ टोली आयो । त्यस पछि तल्लो तलामा रहेको एउटा सटर फोरर नेपाली सेना र शसस्त्रले केहि सामानहरु निकाले । आगो नियन्त्रणमा अझ आएको थिएन । दुबै दमकल पानी भर्नका लागि फर्किए । प्रमुख जिल्ला अधिकारीलाई फेरी फोन गरेर पोखरा विमानस्थलको दमकल पठाउन कृष्णमणिले भन्दै थिए । करिब ११ बजेर ५० मिनेट जादा पोखरा विमानस्थलको दमक आयो । उच्चतम प्रविधि भएको सो दमकलले पानी फाल्न थाले पछि स्थानीयहरुमा आशा पलायो ।

खानेपानीका ट्याङकरहरुले पानी ल्याउन थाले । पानी भर्न गएका दमकलहरु पनि फर्किए पछि सबै दमकलको पानीको फोहोराले करिब १२ बजेर ४० मिनेट जादा आगो नियन्त्रणमा आयो । आगोलागी भएको आधा घण्टा भन्दा सम्म पनि दमकल नआए पछि हामी चिने जानेका प्रहरी, सेना, शसस्त्र, पर्यटन व्यवासायीलाई फोन गर्दै थियो । कहिलो काही दबाब नपुग्दा पनि छिटो काम हुने देखेका हामीले सबैलाई फोन गर्दै दवाव दिदै थियो ।

हुन विदेशमा भएको भए आगोलागी भएको २ देखि ५ मिनेटमा दमकल आएर आगो नियन्त्रणमा लिइ सक्ने थियो । मंगलबारका घटनामा १० मिनेट भित्र दमकल आएको भए त्यती धेरै क्षती हुने थिएन । तर नेपालको विडम्बना आधा घण्टा सम्म पनि दमकल आएन र ठुलो क्षती भयो । यो घटनाबाट पाठ सिकेर भविस्यमा यस्ता घटना नदोहोरीउन् भन्ने तर्फ सबैको ध्यान जानु आवश्यक छ । घटना घट्दै जाने तर त्यसबाट पाठ सिकेर नसच्याउने हो भने भविस्यमा पनि यस्ता घटना नदोहोरीएलान् भन्न सकिदैन । र अर्काे कुरा आपत र विपतका बेला जे सहयोग गर्न सकिन्छ गर्ने हो । तर काम गर्नेलाई पनि अल्जाने काम भने गर्नु हुदैन ।

कमेन्टहरु
Loading...