एभेरेष्ट ग्लोबल एजुकेशनको पोखरा सेवा सुरु

पोखरा, २६ वैशाख /पोखरा प्रधान कार्यालय रहने गरी विभिन्न देशहरुको अध्ययनका लागि शैक्षिक परामर्श दिने उद्देश्य सहित स्थापित एभेरेष्ट ग्लोबल एजुकेशनले सेवा सुरु गरेको छ ।

एभेरेष्ट ग्लोबल एजुकेशनको पोखरा सेवा सुरु
एभेरेष्ट ग्लोबल एजुकेशनको पोखरा सेवा सुरु

शनिबार आयोजित एक समारोह बीच शिक्षासेवि तथा पृथ्वी नारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्ज जोनले उक्त कन्सल्टेन्सीको उद्घाटन गरे । समारोहमा एजुकेशनका कार्यकारी प्रमुख याम केसीले पोखरालाई आधार मानेर अन्य सहरहरुमा पनि शाखा कार्यालय सञ्चालन गर्ने र भविष्यमा अन्य देशका विद्यार्थीहरुलाई पनि नेपालको साँस्कृतिक अध्ययनका लागि नेपाल भित्रिने वातावरण कन्सल्टेन्सीले तयार गर्ने जानकारी दिए ।

“हाल नेपालमा हजारौं कन्सल्टेन्सीहरु कार्यरत छन्”, केसीले अगाडी भने, “तर हामीले नेपालमा गुणस्तरिय सेवा प्रदान गर्ने हेतुले मात्र यो कदम अगाडी बढाएका हौं ।” केसी लामो समय अष्ट्रेलियामा रही शैक्षिक तथा सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेका व्यक्तित्व हुन् भने उनको सक्रियतामा अष्ट्रेलियामा समेत एजुकेशनको कार्यालय स्थापना गरिएको उनले बताए । उद्घाटन समारोहलाई प्रमुख अतिथि जर्ज जोन संरक्षक चन्द्र केसी र प्रमुख सल्लाहकार किरण सापकोटाले पनि आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमको सभापतित्व तथा प्रबन्ध निर्देशक अनुष्ठा भारद्वाजको सञ्चालनमा सम्पन्न भएको थियो । कम्सल्टेन्सीले हाल अष्ट्रेलियाको लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै निकट भविष्यमा नै अमेरिका, न्यूजिल्याण्ड, क्यानेडा लगायतका विभिन्न युरोपियन तथा एशियाली देशहरुमा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गर्ने प्रबन्ध निर्देशक अनुष्ठा भारद्वाजले जानकारी दिए ।

कमेन्टहरु
Loading...