भारतद्वारा २ सय नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान

काठमाडौं, ३० फागुन /काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २ सय विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।

यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुले एमविविएक, विडिएम, बिइ, विएससि, विविए, विकम लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति प्रदान गरेको हो । विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन् ।

स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा शिक्षा सचिव खगराज बरालले २ सय विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सल्लाह दिए ।

उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने बताए । सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा भएको अवसरमा प्रतिष्ठित स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमविविएस र विडिएसका विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना ४ हजार रुपैया, बिइका विद्यार्थीले चार वर्षसम्म प्रति महिना ४ र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना ३ हजार रुपैया पाउने छन् ।

कमेन्टहरु
Loading...