दुई देशको कानुनीका कारण विमानस्थल निर्माणमा कठिनाई ः चिनियाँ राजदुत

पोखरा, २ फागुन/कास्कीको आर्बा हुदै मौजा जोड्ने ग्रामिण सडक निर्माणका लागी चिनियाँ सरकारले १० लाख सहयोग गरेको छ । गाविसमा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनिया राजदुत याङ होउलानले आर्बा मौजा कुलायन मार्ग सडक उपभोतmा समितिका संयोजक भवसागर वराललाइ १० लाख बरावरको चेक हस्तान्तरण गरे ।

राजदुत होउलानले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चीन सरकारले लगानी गर्ने भए पनि २ देश बीचको कानुनी ब्यवधानको कारण सफल हुन नसकेको बताए । चीनले पोखरामा विमानस्थल बनाउनका लागि आतुर भए पनि गरिएका सम्झौताहरुमा कानुनी ब्यवधानका कारण विमानस्थल निर्माण प्रक्रिया रोकिन गएको बताए । यसमा दुबै देशले कानुन परिमार्जन गरेपछि काम अगाडि बढाउने बताए ।

पर्यटकीय सहर पोखरामा अन्तरराष्ट्रिय स्तरको विमानस्थल नहुदा चिनिया पर्यटकमात्र नभै अन्य पर्यटक समेत सहज रुपमा यस क्षेत्रमा आउन सकेका छैनन्, यस कुरालाई मध्यनजर गर्दै चीनले लगानी गर्न तयार भएको बताए । उनले नेपालमा शिक्षा, खानेपानी, सडक, स्कुल, जलविद्युत लगायतका क्षेत्रमा चिनले सहयोग जारी राख्ने बताए । नेपाल र चीनको सम्बन्ध सुमधुर बनाउनका लागि चिनीयाँ सरकार
लागि परेको बताए ।

कमेन्टहरु
Loading...