पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट, दैनिक ९ सय किलो ग्यास उत्पादन

सागर राज तिमिल्सिना
पोखरा, २२ कात्तिक/ घरबाट निस्कने कुहिनेयुक्त फोहोरबाट पोखरामा बायोग्यास निकाल्न शुरु भएको छ । पोखरा महानगरपालिका ३२ मजुवामा युवाहरुले बायोग्यास निकाल्न शुरु गरेका हुन् ।

युवाहरुकै सक्रियतामा मजुवामा गण्डकी उर्जा प्रालि स्थापना गरेर चार महिना अघि देखी बायोग्यास उत्दान गरेर पोखराका केही ठूला व्यवसायिक तथा स्वास्थ्य सेवालाई ग्यास उपलब्ध गराउँदै आएको छ ।

उत्पादिन बायोग्यासलाई व्यावसायिकता तर्फ उन्मुख बनाउने लक्ष्य र योजना छ । उर्जा प्रालिले अहिले दैनिक ९ सय केजी ग्यास उत्पादन गर्दै आएको छ । उत्पादित ग्यास पोखराको बजारमै खपत हुन्छ । दैनिक १२ सय किलो ग्यास उत्पादन गर्ने क्षेमता भएको सञ्चालक असिम कायस्थले बताए । कम्पनीसँग अहिले ठूला र साना गरी झण्डै ५ सय सिलिण्डर छन् । सिलिण्डर १२ केजी र ६.५ केजी तौल ग्यास अटाउने क्षमताका छन् ।

पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट, दैनिक ९ सय किलो ग्यास उत्पादन
पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट, दैनिक ९ सय किलो ग्यास उत्पादन#

पोखराको बजारमा खाना पकाउने ग्यासको माग बढ्दै गएको छ । ग्यास उत्पादनको लागि गोबर, कुखुराको सुली, रस निकालिएको उखु तथा फालिएको तरकारीलाई प्रयोग गरिने ग्यास निकालिएको उनले सुनाए । पेल्न नमिल्ने बस्तुहरुलाई प्रयोगमा ल्याउन सकिदैन् । प्रालिले पोखराको शान्तिवन बाटिकास्थित तरकारी तथा फुलफुल विक्री केन्द्रबाट दैनिक बढीमा २ टन फालिएको तरकारीलाई उपयोग गर्दै आएको छ ।

ल्याण्डफिल साईटमा फालिने कुहिनेयुक्त तरकारी लगायतका बस्तुलाई छुट्टाएर कम्पनीले प्रयोगमा ल्याउने गरेको छ । उत्दान भएको ग्यासलाई प्रशोधन गरेर मिथेन ग्यास निकालेर विक्रि गर्ने गरेको कम्पनीका जेनेरल म्यानेजर निमेशकुमार झाले बताए ।

पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट, दैनिक ९ सय किलो ग्यास उत्पादन
पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट, दैनिक ९ सय किलो ग्यास उत्पादन

कम्पनीले बायोग्यास सहित जैविक मल समेत उत्पादन गरेको छ । ग्यास प्रतिकिलो १ सय रुपैयाँ विक्री वितरण गर्दै आएको छ । जैविक मल भने प्रतिकेजी १० रुपैयाँमा उपलब्ध गराइने प्रालिका अर्का प्रोप्राईटर प्रगत कायस्थलले बताए । कम्पनी ४० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । आधुनिक उपकरण जडित छन् । कम्प्युटरबाटै नियन्त्रित छन् । २५ करोडको लगानीमा प्लान्त शुरु गरिएको हो । ५ करोड रुपैयाँ विश्व बैंकले अनुदान सहयोग गरेको उनले बताए ।

उत्पादित ग्यास पोखराको मणिपाल अस्पताल, क्याटरिङ सर्भिस एवं पार्टी प्यालेस, ठूला होटलहरुमा सप्लाई हुदैं आएको छ । पोखराको बजार क्षेत्रमा बढी खपत हुने हुदाँ पोखरालाई लक्षित गर्दै क्षमता विस्तार गर्ने योजना प्रालिले बनाएको छ । यो प्लान्ट नेपालकै दोस्रो हो भने क्षमताको हिसाबमै नेपालकै ठूलो बायोग्यास कम्पनी हो ।

पोखरामा कुहिने फोहोरबाट बायोग्यास उत्पादन

पोखरामा कुहिने फोहोरबाट बायोग्यास उत्पादन

Posted by AP1TV on Thursday, 7 November 2019

कमेन्टहरु
Loading...