हिट्लरका रुपमा नेपालमा ओलीले जन्म लिएका छन्ः जसपा अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिट्लरको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई हिट्लरको संज्ञा दिंदै नेपालमा अर्को हिट्लरको उदय भएको बताएका हुन् ।

पार्टी सहित राज्यको सबै शक्ति आफूमा ओलीले केन्द्रित गरेर नाम जस्तै ओलीले सबैमाथि खड्ग प्रहार गरिरहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीबाट सबै होसियार हुनुपर्ने समय आएको उनले ट्वीटरमा लेखेका छन् ।

‘हिट्लरबारे चर्चित भनाई छ, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनकक किनकि म यहुदी थिइन, अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन ।’ नेपाली हिट्लरको उदय त्यसरी नै भइरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होसियार ।’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

कमेन्टहरु
Loading...