अख्तियार आयोगका थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।

अख्तियार दुरुपयोग आयोगका थप २० जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको ८० जनाको परीक्षणका क्रममा थप २० जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

योसंगै कोरोना संक्रमित अख्तियारका कर्मचारीको संख्या ३५ पुगेको छ । योभन्दा अगाडि पनि १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कर्मचारीमध्ये अधिकाशं अग्रपंक्तिमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...