पोखरा । बेगनासताल संरक्षण तथा विकास मञ्चको अध्यक्षमा बेगनास युवा क्लबका पूर्व अध्यक्ष कुष्ण प्रसाद ढुङ्गाना चयन भएका छन् ।
पोखरा ३१ मा क्रियासिल रहेका सामाजिक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको भेलाले ढुङ्गनालाई सर्वसम्मत रुपमा मञ्चको अध्यक्षमा चयन गरेको हो ।
यसै गरी मञ्चको उपाध्यक्षमा कृष्ण प्रसाद तिमिल्सिना, पुरुषत्तोम अधिकारी, सचविमा भरत प्रसाद तिवारी, कोषाध्यक्षमा दुर्गा अधिकारी, सह सचिवमा बुद्धि बहदाुर गुरु रहेका छन् । यसै गरी सदस्यहरुमा रविराज कंडेल, राजेन्द्र जलारी, कविर गुरु, श्रीराम कडेल, रामकृष्ण लामिछाने, मेनुका बास्तोला रहेका छन् भने एक सदस्य पछि थप गरिने नवनियुक्त अध्यक्ष कुष्ण प्रसाद ढुङ्गानाले जानकारी दिए ।
यस अघि पोखरा महानगरपालिका वडा न ३१ का वडाअध्यक्ष ढकनाथ कडेलले वडाको समग्र विकास निर्माण र बाताबरणीय संरक्षणका लागि स्थायिन सामाजिक संघ संस्थाको समन्वय हुन अति जरूरी रहेको बताए। बेगनासताल क्षेत्रको बृहत्तर बिकास, संरक्षण र उपयोगका उद्देश्यले पोखरा –३१ मा कृयाशिल बिभिन्न संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष कंडेलले उक्त कुरा बताएका हुन् ।
बेगनासताल धार्मिक पर्यटन तथा विकास संस्थाका अध्यक्ष ध्रुबनाथ अधिकारीको अध्यक्षता मा भएको भेलामा वडा अध्यक्ष कंडेलले बेगनासताल यस क्षेत्रकै प्रतिष्ठा र गौरव तथा सुन्दरताको प्रतिकको रुपमा रहेको बताउँदै यसको बिकास, संरक्षण र संम्वर्दन गर्नु हाम्रो दायित्व रहेको र यस कार्यक्रमको नेतृत्व संघ संस्थाले नै लिनु पर्ने बताए।
यसै गरी वडा सदस्य देवेन्द्र अधिकारीले संरक्षण र उपयोग तथा विकास निर्माणका कार्य सम्पादन गर्दा सबै को सहयोग र प्रतिबद्धता हुनु पर्ने बताए।
नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद ढुङ्गानाले बेगनासतालको वृहत्तर विकासका लागि सबैको सहभागीता अनिवार्य रहेको हुँदा बेगनासताल संरक्षण तथा विकास मञ्चको आवश्यकताको महशुष गरी मञ्चको गठन गरिएको बताउँदै
यस क्षेत्रको बृहत्तर बिकास निर्माण अभियानमा सबैलाई समन्वयकारी भुमिका निर्वाह गरी एकताबद्ध हुन सबैलाई आग्रह गरे ।
पोखरा महानगरका कानुन अधिकृत राममणि अधिकारीले सहजीकरण गरेका कार्यक्रममा सिड फाउण्डेशनका निर्देशक दामोदर भक्त थापा र बेगनासताल धार्मिक पर्यटन संस्थाका कार्यसमितिका सदस्य सचिव कृष्ण प्रसाद ढुङ्गानाले कार्यक्रम को औचित्य माथि प्रकाश पारेका थिए। उक्त भेलामा साउनेपानी बरेली बन लामास्वाराका अध्यक्ष कृष्ण तिमिल्सेना, शिवगोरक्ष नाथ पीठका अध्यक्ष भरतप्रसाद तिवारी, वडा सदस्य बिनोद लामिछाने, लाकुरी युवा क्लब का अध्यक्ष सुरेस लामिछाने, डुङगा व्यवसायी समितिका रबि कडेल, कोटभैरम संरक्षण समितिका अध्यक्ष भुपेन्द्र रानाभाट कोट देउराली पचभैयाका अध्यक्ष पुरूषोत्तम अधिकारी, जलेश्वर शिव मन्दिर सञ्चालन समितिका अध्यक्ष भानुभक्त पौडेल, मंगलधर्म बौद्ध चक्रका बुद्धिबहादुर गुरुङ, पचभैया होमस्टेका कोषाध्यक्ष पदमराज लामिछाने , होटल तथा रेष्टुरेण्ट एशोसियसनका अध्यक्ष अर्जुन लम्साल, बेगनासताल महिला समूहका पूर्व अध्यक्ष शान्ति खनाल लगायतले बेगनासतालको संरक्षण बिकास र पर्यटनका संभावनाका बिषयमा आ–आफ्ना भनाई राखेका थिए।