काठमाडौं फाईनलमा, पोखराको पहिलो जित

पोखरा, २९ माघ /सर्लाहीलाई नौ विकेटले पराजित गर्दै काठमाडौंको त्रिभुवन आर्दश स्कुल पोखरामा जारी अन्तरविद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगितोका फाईनलमा प्रवेश गरेको छ । सर्लाहीले दिएको ४५ रनको लक्ष्यलाई काठमाडौंले एक विकेट गुमाउ“दै दश ओभरमा पुरा गरेको थियो । फाईलन समिकरण पुरा गर्ने क्रममा सजनी श्रेष्ठले १३ रन नटआउट खेलिन् । अधिकांश रन भने व्याटबाट भन्दा पनि अतिरिक्त उपहार मिलेको थियो । टस जितेर व्याटिङ थालेको सर्लाहीले केवल १२ ओभर मात्रै खेल्दै ४४ रन बनाई सबै विकेट गुमाउन पुग्यो । दोहोरो अंकको रनफल कुनैपनि व्याट्सवुमनले तयार नगरेपनि अनु कार्कीले ९ रन, गीत कार्कीले ५ रन बनाई सस्तैमा आउट भएका थिए । म्याच अफ दि वुमन सुष्मा श्रेष्ठले एक मेडन राख्दै केवल सात रन खर्चेर ५ विकेट लिदैं सर्लाहीलाई धरासायी बनाएकी थिईन् । घरेलु टोली पोखराले पहिलो खेलमा जित निकाल्ने क्रममा महोत्तरीलाई आठ विकेटले पराजित गरेको छ ।

टस जितेर व्याटिङ थालेको महोत्तरीले रोजी कडारीले सर्वाधिक ११ रनमा ५१ रनको स्कोर बनाएको थियो । प्रतियोगिताको अधिकांश खेलमा व्याटभन्दा वाईन र नो बलको अतिरिक्त जोडिएको छ । प्रजा पोखरेलले पोखराको लागि चार ओभरमा सात रन दिएर तीन विकेट लिईन् ।
५२ रनको झिनो लक्ष्य पछ्याएको पोखराले शुशिला गुरुङले ११ र तृष्णा देवकोटाले नटआउट नौ रनको महत्वपूर्ण इनिङले आठ विकेटको जित निस्किएको थियो । रोजी कडारीले एक विकेट लिईन भने पोखराकी शुशिला गुरुङ म्याच अफ दि वुमन घोषित भईन् ।

कमेन्टहरु
Loading...