मैत्रीपुर्ण भलिबलको उपाधि राष्ट्र सेवक कर्मचारीको टिमलाई

पोखरा २ असोज / संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपुर्ण भलिवलको उपाधि राष्ट्र सेवक कर्मचारीको समुहले जित हात पारेको छ ।

विहिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद संघलाई पराजित गर्दै राष्ट्र सेवक कर्मचारी समुह विजयी भएको थियो । राष्ट्रसेवक कर्मचारी समुहको नेतृत्वले प्रमुख सचिव हरिप्रसाद बस्याल गरेका थिए भने खेलकुद संघको नेतृत्व राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले गरेका थिए ।

पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकुद संघ पछिल्लो ३ सेटमा पराजित हुन पुग्यो । खेलकुद संघ उद्योग बाणिज्य संघका समुहलाई पराजित गर्दै फाइनल पुगेको थियो भने कर्मचारी समुहले मुख्यमन्त्री टिम तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

विजयी खेलाडी तथा सहभागी खेलाडीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरुस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...