भलिबलमा गण्डकी, एपीएफ र तीन नम्बर प्रदेश सेमिफाइनलमा

नेपालगञ्ज, ९ बैशाख / आठौ राष्ट्रिय खेलकुद अन्तरगत आइतबार भएको महिला भलीबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रबेश गरेका छन् ।

सेमिफाइनल प्रबेश गर्ने क्रममा एपीएफले सुदुर पश्चिम प्रदेशलाई २५–८,२५–१३,२५–१० को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । प्रदेश तीनले पनि कर्णाली प्रदेशलाई २५–४,२५–१२,२५–१८ को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो ।

त्यसतै गरी, समुह बीमा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो ।

पुरुष तर्फ पनि नेपाल पुलिस क्लब र गण्डकी प्रदेश सेमिफाइनल प्रबेश गरे । नेपाल आर्मी क्लब भने एक दिन अघि नै सेमिफाइनल प्रबेश गरेको थियो । आइतबार भएको खेलमा पुलिसले प्रदेश एकलाई २५–१३,२५–२०,१७–२५ र २७–२५ ले हराउदै समुह विजेता भएको छ ।

समुह कको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७,२५–१४,२५–२१ ले हराउदै चार खेलबाट नौ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो । तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेल अगावी सेमिफाइनल प्रबेश गरे पनि समुह विजेताको टुंगो सोमबार लाग्ने छ ।

आइतबार नै भएको पुरुष तर्फको खेलमा प्रदेश तीनले प्रदेश दुइलाई २५–१७,२५–२१,२५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

कमेन्टहरु
Loading...