दोस्रो युनिप्स स्पोर्टस् मिट–२०७०,सत्यसाई र होली एञ्जल छात्रा भलिबलको फाइनलमा

पोखरा, ८ माघ।निजी तथा संस्थागत विद्यालय सड्डठन (युनिप्स) नेपालको आयोजनामा पोखरामा जारी दोस्रो युनिप्स स्पोर्टस् मिट –२०७० अन्तर्गत बुधबार छात्रा भलिबलतर्फ सेमिफाइनल खेल सम्पन्न भएका छन्। जसअनुसार छात्रा भलिबलतर्फ सत्यसाई विद्याश्रम र होली एञ्जल स्कुल फाइनलमा प्रवेश गरेका छन्।बुधबार भएको पहिलो सेमिफाइनलमा सत्यसाई विद्याश्रमले माउण्ट हेभन स्कुललाई सोझो दुई सेटमा पराजित ग¥यो भने दोस्रो खेलमा होलीएञ्जल स्कुलले वेलनन एकेडेमीलाई सोझो दुई सेटमै पराजित ग¥यो।एथलेटिक्सतर्फ सातवटा इभेन्टका फाइनल खेल सम्पन्न भएका छन्। लङजम्प जुनियर छात्रतर्फको फाइनलमा बालप्रतिभा बोर्डिङ स्कुलका अनिल नेपाली प्रथम, होलीएञ्जलका राजन कुँवर द्वितीय, स्मल हेभनका आशिष सुनार तृतीय र कालिका सेकेण्डरी बोर्डिङ स्कुलका कमल गुरुङ चौथो भए। छात्रातर्फको सोही इभेन्टमा वेलनन एकेडेमीकी कुसुम गुरुङ प्रथम, स्मल हेभनकी सलिना श्रेष्ठ द्वितीय, वीरेन्द्र मेमोरियल स्कुलकी मायादेवी सिलवाल तृतीय र प्रकृति कँडेल चौथो भए।

लङजम्प सिनियर छात्रतर्फ कालिका सेकेण्डरी बोर्डिङ स्कुलका विशाल रानामगर प्रथम, होलीएञ्जलका दिनेश नेपाली द्वितीय, एलएञ्जलका निरज भुजेल तृतीय र वीरेन्द्र मेमोरियल स्कुलका माधव तिवारी चौथो भए।सोही इभेन्टको सिनियर छात्रातर्फ वेलनन एकेडेमीका सविता पुन प्रथम, एलएञ्जलकी रजनी केसी द्वितीय, कालिका सेकेण्डरी बोर्डिङ स्कुलका सुनिता पौडेल तृतीय र स्मल हेभनकी सलिना घिमिरे चौथो भए।
सटपुट सिनियर छात्रतर्फ कालिका सेकेण्डरी बोर्डिङ स्कुलका विशाल रानामगर प्रथम, वेलनन एकेडेमीका आशिष बानियाँ द्वितीय, एलएञ्जलका विजय परियार तृतीय र स्मल हेभनका निकेश गुरुङ चौथो भए।

सोही इभेन्टको छात्रातर्फ वेलनन एकेडेमीकी सविता पुन प्रथम, एलएञ्जलकी पूजा गौतम द्वितीय, सत्यसाई विद्यश्रमकी तारा छन्त्याल तृतीय र कालिका सेकेण्डरीकी स्वेच्छा घिमिरे चौथो भए। आठ सय मिटर सिनियर छात्रतर्फ एकता सेकेण्डरी बोर्डिङ स्कुलका प्रमोद पौडेल प्रथम, स्मल हेभनका मदन केसी द्वितीय, होलीएञ्जलका कर्मठ बराल तृतीय र वेलनन एकेडेमीका रबिन कँडेल चौथो भए।

कमेन्टहरु
Loading...