तेश्रो सफल कपको तयारी तिब्र

पोखरा, १ असोज /कास्की जिल्ला फुटवल संघको आयोजना तथा लक्ष्मी ग्रुपको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा आगामी कार्तिक ५ देखि १६ गते सम्म पोखराम रङ्गशालामा सञ्चालन हुन लागेको तेश्रो सफल कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । संघ कास्कीद्धारा मंगलबार पोखरा रंगशालामै आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि झण्डै ५० प्रतिशत तयारी पुरा गरिएको संघ कास्कीका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । विगतका संस्करणहरुमा विदेशका तीन टिम आउने भएपनि यसपटकको प्रतियोगितामा विदेशका ४ टिम ल्याइने छ । अष्टे«लियाको मेलबर्नबाट यती एफसी र हङकङबाट नेप्लीज हङकङ एशोसिएसन पोखरा आउने लगभग निश्चित भएको अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा बताए । त्यसैगरि साफ मुलुकका उत्कृष्ट दुई टिमलाई पनि यसपटक पोखरा ल्याइदै छ । पाकिस्तान वा श्रीलंकाबाट उत्कृष्ट टोलि ल्याउने तयारीमा छौं–भट्टराईले भने । त्यसबाहेक नेपालका चर्चित ए डिभिजनबाट ७ टिम तथा आयोजक पोखरा सहित १२ टिमको सहभागिता रहने प्र्रतियोगिता संयोजक कुमार गुरुङ्गले बताए ।safal

प्रतियोगिताको तयारी तिब्रताका साथ अगाडी बढाउने क्रममा कास्की जिल्ला फुटवल संघका उपाध्यक्ष कुमार गुरुङ्गको संयोजकत्मा विभिन्न उपसमितिहरु गठन भै सकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको सह संयोजकमा मिलन गुरुङ्ग र धरमसिंह लामिछाने रहेका छन् भने आर्थिक उपसमिति संयोजकका मदन केसीलाई चयन गरिएको छ । त्यसैगरि मैदान निर्माण उपसमिति संयोजकमा ओम बस्नेत, खेलाडी व्यवस्थापन उपसमिति संयोजकमा महेन्द्र गुरुङ्ग, कार्यालय प्रशासनमा राजन पौडेल र सुक गुरुङ्ग रहेका छन् ।
सोहि अवसरमा आर्थिक संयोजक केसीले यसपटकको प्रतियोगिता सम्पन्न गर्न झण्डै ५५ लाख ६० हजार आम्दानी हुने र त्यतिनै खर्च लाग्ने अनुमान गरिएको बताए । मैदानलाई स्तरिय बनाउन तथा आयोजक पोखराको खेलाडी छनौट कार्य पनि अन्तिम अवस्थामा पुगिसेको पनि जानकारी दिइयो । प्यारापिट रंगरोगन कार्य केहिदिनमै शुरु गरिने छ भने आज विहान शसस्त्र प्रहरी बल कालिका गण संगको समन्वयमा पोखरा रंगशालाभित्र बृहत सरसफाई कार्यक्रम राखिएको पनि सो अवसरमा अवगत गराइयो ।
यसपटक पुरस्कार राशिमा पनि वृद्धि गरि प्रथम पुरस्कार ३ लाख ५५ हजार र द्धितिय पुरस्कार २ लाख १ हजार पु¥याइएको छ । गत वर्ष विजेताले नगद ३ लाख ५ हजार र उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यसैगरि विभिन्न विधाका खेलाडीहरुलाई पनि नगद सहित पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा बताइयो ।
फुटवल खेलाडीहरुको भलाईका लागि एन्फा केन्द्रिय सदस्य गणेशबहादुर भट्टराई को रु १ लाखको सहयोगबाट शुरु भएको खेलाडी भलाई अक्षयकोषको रकम ८ लाख पु¥याएर विश्वविकास बैंकमा जम्मा पनि सोहि अवसरमा जानकारी दिंदै उक्त कोषबाट फुटवल विकास र विस्तारमा योगदान पु¥याउने एक खेलाडीहरुलाई वर्ष खेलाडी र एकजना पत्रकारलाई वर्ष खेलकुद पत्रकारको रुपमा पुरस्कृत गर्न छनौट समिति समेत गठन गरेको छ ।

कमेन्टहरु
Loading...