पुरुषतर्फ अकि र महिलातर्फ इशाश्री च्याम्पियन

पोखरा, १ कात्तिक / पुरुषतर्फ अकि जुवेन रावत र महिलातर्फ इशाश्री शाहले पोखरामा सम्पन्न होटल ट्रेकर्स इन एसियन यू–१४ सि–२ वरियता टेनिस च्याम्पियनशिपको उपाधी जितेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित सो प्रतियोगितामा पुरुषतर्फ भारतका वेद आदित्य कलिताले तथा महिलातर्फ नेपालकै सुभांगि लक्ष्मि शाहले द्वितिय स्थान प्राप्त गरे ।

प्रतियोगितामा पुरुष डबल्सतर्फ सौगात विक र निहाल जंग बहादुर थापाको जोडी प्रथम, प्रनव मानन्धर र अकि जुवेन रावतको जोडीले द्वितिय स्थान हाँसिल गर्दा महिलातर्फको डबल्समा आइसा ढोल्कर गुरुङ्ग र इशाश्री शाहले प्रथम तथा आजा रेग्मी र सुभांगि लक्ष्मी शाहको जोडी द्वितिय भए ।

पाँच दिनसम्म चलेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सुमन देवकोटा, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पुर्वाध्यक्ष विनोद लामिछाने, प्रतियोगिताको मुख्य प्रायोजक होटल ट्रेकर्स इनका सञ्चालक माधव भण्डारी, कास्की जिल्ला टेनिस अभिभावक संघका पदाधिकारी लगायतले एक समारोहका विच मेडल तथा प्रमाण–पत्रले पुरस्कृत गरे ।

समारोहमा सुमन देवकोटाले पोखरा रंगशालाभित्रको टेनिस आफुहरुले धेरै पहिलादेखि देख्दै आएको सपना साकार हुने क्रममा रहेको बताए । साथै रंगशालाभित्र हुँदै गरेका विभिन्न भौतिक विकासका निर्माण कार्य दिगो सोंचका साथ गरिनुपर्नेमा जोड दिए ।

आयोजक संघका अध्यक्ष दोर्जे लामाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै संघको आगामी कार्यक्रममा पनि सहयोग गर्न आग्रह गरे । संघका सचिव नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...