टेनिस प्रतियोगिता सुरु

पोखरा, मंसिर २५/ओम फ्यामिलिको प्रयोजन तथा आयोजनामा मंगलबार बाट पोखराको लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्टमा ओम फ्यामिलती टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा विष्णु गुरुङले नारायण पहारीलाई ६–२, ६–४ ले पराजित गरे । अर्को खेलमा धर्म कोइरालाले नविन श्रेष्ठलाई ६–२, ६–१ ले पराजित गर्दा भिम गुरुङले सुनिल श्रेष्ठलाई ७–६, ७–६ ले पराजित गरे । त्यस्तै हर्क गुरुङले सन्देश तुलाचनलाई ६–२, ६–४ ले हराए । यसअधि प्रतियोगिताको उद्घाटन कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले रेफ्रि इन्र्चाज निरज थापा(रसियन)लाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो ।
प्रतियोगितामा ४२ जना खेलाडिको सहभागीता रहेको छ भने विगनर, जुनियर र सिनियर गरि तिन इभेन्टमा संचालन गरिएको प्रतियोगिता निर्देशक राजन पौडेलले बताउनु भयो ।  प्रतियोगिता मंसिर २९ गते सम्म संचालन हुने छ भने विजेतलाई कप,मेडल, प्रमाणपत्र सहित आकर्षक पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक राजन पौडेलले जानकारी दिनु भयो ।

कमेन्टहरु
Loading...