सौगात विक र निहाल जंग बहादुर थापा डबल्सतर्फ च्याम्पियन

पोखरा,१ कात्तिक​/नेपालका शिर्ष वरियता प्राप्त खेलाडी अकि जुवेन रावत पोखरा रंगशालामा जारी होटल ट्रेकर्स इन एसियन यू–१४ सि–२ वरियता टेनिस च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेका छन् ।

बिहिबार भएको सेमिफाइनलमा उनले पोखराका सौगात विकलाई ६–४, ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । त्यस्तै भारतका वेद आदित्य कलिताले भारतकै मनुराज मनुराज सिङलाई २–६, ६–० र ६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।

महिलातर्फ नेपालका शिर्ष वरियताकै इशाश्री शाहले आजा रेग्मीमाथि २–६, ६–३ र ७–५ को कठिन नतिजा निकाल्दै फाइनलमा प्रवेश गरिन् । प्रतियोगिता अन्र्तगत डबल्सतर्फको खेलमा पोखराका सौगात विक र निहाल जंग बहादुर थापाको जोडीले प्रनव मानन्धर र अकि जुवेन रावतको जोडीलाई ६–०, ६–३ को सहज सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गरेका छन् ।

अन्य कन्सुलेसन खेलमा सिर्जन भट्टराईले दर्शिल श्रेष्ठलाई, प्रनव मानन्धरले तथा प्रशिद्ध मोक्तानलाई निहाल जंग बहादुर थापाले सक्षमा विक्रम शाहलाई पराजित गरेका थिए ।

कमेन्टहरु
Loading...