पोखरामा आईटिएफ ग्रेड फोर टेनिसमा भारतीय खेलाडीमाथि नेपाली टेनिसको हावी

पोखरा, १७ असोज / पोखरामा आयोजित आईटिएफ ग्रेड फोर टेनिस प्रतियोगितामा नेपाली खेलाडी हावी देखिएका छन् । पाँचदिने प्रतियोगितामा

नेपाली टेनिस खेलाडीले तीन वटा इभेण्टमा उपाधि उचाल्दा भारतीय खेलाडीले भने दुई इभेण्टमा मात्रै उपाधि जोगाउन सक्यो । एउटा उपाधिमा

भने संयुक्त रुपमा रह्यो ।

बुधबार सम्पन्न ४५ वर्षमाथिको फाईनल प्रतिस्पर्धामा नेपाली खेलाडी अमृतबहादुर कार्कीलाई सोझो सेटमा पराजित गर्दै भारतीय खेलाडी नारायण

मूर्ती कोथियालाले उपाधिमा आफनो नाम लेखाए । मूर्तीले कार्कीमाथि ६–४, ६–० को सेटले पराजित गरेका थिए ।

त्यसैगरी ४५ वर्षमाथिको डबल्सतर्फको प्रतिस्पर्धामा विमल गुरुङ र मनोज राणाको जोडीले भारतीय पवन जैन र नारायण मूर्ती कोथियालाको

जोडीलाई ७–५, ७–५ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । ५५ वर्षमाथिको प्रतिस्पर्धामा भने कृष्णराज घलेले जित्न सफल भए ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न फाईनलमा पुर्व उपप्रधान तथा गृहमन्त्री कमल थापालाई पराजित गरे ।

पहिलो सेट ६–४ मा गुमाएका थापाले दोस्रो सेट ४–० को अवस्थामा रहदाँ रिटायर्ड हुदैं खेल त्यागेपछि घलेले उपाधि जित्न सफल भए । पहिलो

सेटमा ४–२ को स्थितिमा रहदाँ थापाले सेट गुमाउन पुगेपछि दोस्रो सेटमा उनी निकै हतासिका देखिएको थियो । खेलमा कमब्याक गर्ने

सम्भावना नभएपछि उनी रिटायर्ड हुन पुगे ।

टेनिसको सर्र्वोच्च संस्था आईटिएफ९इन्टरनेशनल टेनिस फेडेरेसन०को संयोजनमा नेपाल टेनिस संघको प्राविधिक सहयोग र कास्की जिल्ला

टेनिस संघको आयोजनामा आईटीएफ सिनियर वल्र्ड ‍र्याङ्िकङ टेनिस टुर्नामेन्टको ३५ वर्षमाथिको उमेर समूहमा कमलबहादुर भण्डारीले

उपाधि उचालेका थिए ।

३५ वर्षमाथिको डबल्स तर्फ भारतीय खेलाडी दिलिप मोहन्थी र अविनाश कुवरको जोडीले स्वर्णदिप धोडी र धरमबहादुर लामिछानेको

जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । ५५ वर्षमाथिको डबल्स तर्फको प्रतिस्पर्धामा भने पवन जैन र मनोज

राणाको जोडीले अरुण अग्रवाल र सुरशे मूर्थटीको जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका थिए ।

प्रतियोगिता विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोईराला, पोखरा पर्यटन बोर्डका प्रमुख

मणि लामिछाने, एनआईसी एशिया बैंकका क्षेत्रीय प्रमुख दिपेन्द्र शर्मा लगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । आगामी नोभेम्बरमा

एशियन टेनिस फेडेरेसन९एटिएफ०को यु–१४ को प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना हुने छ ।

पोखरामा आइटिएफ टेनिस प्रतियोगिता

पोखरामा आइटिएफ टेनिस प्रतियोगिता

Posted by Ganthan.com on Tuesday, October 2, 2018

कमेन्टहरु
Loading...