पोखरामा जारी सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा थापाको चार स्ट्रोकको अग्रता

पोखरा, १ फागुन / पहिलो दिन लेभल पार खेल्दै गतिलो शुरुवात गरेको धनबहादुर थापाले दोस्रो बिहीबार दिन २ अण्डर खेल्दै पहिलो स्थानमा उक्लिएका छन् । ३६ होल टुंगिदा २ अण्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन् ।

नेपाल आर्मी गल्फ क्लबका खेलाडी थापाले शिवराम माथि चार स्ट्रोकको अग्रता बनाएका छन् । अन्तिम दिनको प्रतिस्पर्धा बाँकी रहेको छ । सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुरको दोस्रो दिन पोखराको हिमालयन गल्फ कोर्षमा थापाले २ अण्डरको ६७ कार्ड बनाए ।

दोस्रो दिन भने खराब लयमा देखिएका शिवराम श्रेष्ठ भने दोस्रो स्थानमा झरेका छन् । उनले बिहीबार ३ ओभर खेल्न पुग्दा समग्रमा २ ओभर १४० को स्थितिमा रहे । उनको फ्रन्ट नाईन खराब रह्यो । तीन ओभर ३७ को स्थितिबाट व्याक नाईन शुरु गरेको शिवरामले १अण्डर खेल्दै ३६ होल पुरा गर्दा १ ओभर १३९ मा छन् ।

शुक्र राईले शिवरामसँग टाई खेलेका छन् । पहिलो दिन १ ओभरमा ७० मा टुग्याएका राईले दोस्रो दिन पनि १ ओभर ७०को कार्ड बनाउँदै लयलाई निरन्तरता दिए । पार फाईभको दशौं होलमा उनले ९ स्ट्रोक हिर्काउँदै तनाव झेल्न पुगे । १३, १४, १५ औं होलमा बर्डी हिर्काउँदै खेलमा फर्किएका थिए । यद्यपी व्याक नाईन एक ओभर ३६ मा टुग्याउँदा उनको फ्रन्ट नाईनमा हानेको दुई अण्डरले उत्साह जगाईराख्यो । शिवराम र शुक्रसँगै जयराम श्रेष्ठले पनि दोस्रो दिनको खेल टुग्याउँदा २ ओभर १४० को कार्डमा छन् ।

अघिल्लो दिन तीन ओभर ७२ को कार्डबाट शुरु गरेको उनले दोस्रो दिन भने सुधारिएको प्रदर्शन गरे । फ्रन्ट नाईनलाई लेभल पार खेल्दै उत्कृष्ठ शुरुवात गर्दा व्याक नाईन भने अझ प्रभावशाली प्रदर्र्शन गरे । व्याक नाईनमा उनले १ अण्डर खेल्दै समग्रमा दुई ओभर १४० को कार्डमा रहे । पाँचौं स्थानमा निरज तामाङ छन् । दोस्रो दिन २ ओभर ७१ को कार्ड खेले ।

तामाङले दोस्रो दिन ३६ होलको खेल टुग्याउँदा ३ ओभर १४१ को स्कोरमा छन् । उनले बिहीबार फ्रन्ट र व्याक नाईन दुवैमा एक–एक ओभर खेल्दै टुग्याएका थिए । पहिलो दिन उनी एक ओभर ७० को कार्डमा थिए ।

दोस्रो दिनको खेल टुंगिदाँ २४जना प्रो.ले कट जोगाउँदै उपाधि यात्रामा छन् । १६ जना एमेच्योर मध्ये केवल ६ जनाले मात्रै कट जोगाउँदै उपाधिमा छन् । शुक्रबार फाईनल प्रतिस्पर्धा हुने छ । शनिबार प्रो–एम प्रतिस्पर्धा हुने हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...