पत्रकार दौडमा थापा प्रथम, बानियाँ दोस्रो र श्रेष्ठ तेस्रो

पोखरा १० पुष । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान पोखराको आयोजनामा आज पोखरामा सम्पन्न पत्रकार दौडको उपाधि भिम थापाले जितेका छन् । लेकसाईडको खहरेदेखि फिस्टेल गेट सम्मको निर्धारित दुरी ८ मिनेट ४७ सेकेण्डमा पुरा गरी रेडियो सफलताका थापाले ६ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बिग एफएमका गोकुल बानियाँ ९ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएका छन् । उनले ४ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । पोखरा एफएममा कार्यरत सुरज श्रेष्ठले १० मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएका छन् । उनले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दौडमा एक मात्र महिला सहभागि रेडियो जननीकी तारा पौडेलले १९ मिनेटमा दुरी पार गरेपनि सान्तोना पुरस्कार स्वरुप १ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । १५ औै पोखरा सडक महोत्सबको अबसरमा आयोजित दौडमा १४ जना पत्रकार सहभागि थिए । बिजेतालाई रेवान पोखराका अध्यक्ष गोपि भट्टरई, महोत्सब संयोजक बलराम पहारी र खेल संयोजक हरि भूजेल लगायतले पुरस्कार बितरण गरेका थिए ।
दौडको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक सुन्दर तिवारीले उद्घाटन गरेका थिए । रेवान पोखराको आयोजनामा पुष १३ देखि १७ सम्म पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा १५ औं संस्करणको सडक महोत्सब हुदैछ ।

कमेन्टहरु
Loading...