दोश्रो दक्षिण एशियाली योग खेलकुदमा नेपाल ४ स्वर्ण पदक सहित दोस्रो

पोखरा, २३ बैशाख/पोखरामा सम्पन्न दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिपमा सहभागी २ सय ७५ जना खेलाडीलाई उछिन्दै भारतका पुष्पेन्द्र मञ्डल मिष्टर योगी घोषित भए भने सोही भारतकी शुहेना पुरकेत मिस योगिनी घोषित भएका छन् ।

विभिन्न उमेर सुमह र टिम गेममा १४ स्वर्ण पदक मध्ये भारतले १० स्वर्ण पदक प्राप्त गरि प्रथम भयो भने आयोजक नेपाल ४ स्वर्णका साथ दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ । त्यसै गरि नेपालले ९ रजत र भारतले ५ रजत प्राप्त ग¥यो । काश्य पदकमा भने अंक बराबर भएका कारण नेपालले ११, भारतले ४ पाकिस्तान र बंगालादेशले क्रमश १–१ पदक बाँडे ।

बिजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्ट, अन्तर्राष्ट्रिय योग खेलकुद महासंघका उपाध्यक्ष उमंग द्वान, नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्की, महासचिव चुडामणी खरेल, कास्की जिल्ला योग खेलकुद संघका अध्यक्ष प्रकाश बानिया लगाएतले मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका थिए । कार्यक्रममा सदस्य सचिब विष्टले पोखरामा योग खेलकुदको केन्द्र स्थापन गर्ने बताए । उनले फेवातालको किनारमा योग ध्यान केन्द्र स्थापन गर्ने हो भने यसले विश्वलाई ध्यान आर्किष्ट गर्न सहयोग पुग्ने बताए ।
प्रतियोगितामा ५ मुलुकका करिब २ सय ७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेका थिए । प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारतबाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेशबाट ४ जना खेलाडी सहभागीता जनाएका थिए । मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन खेलाडी आएका थिए भने मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आएका थिए । यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत ८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु सहभागि थिए ।

कमेन्टहरु
Loading...