कोरोना राहत कोषमा सन्दीप लामिछाने सहयोग गर्ने घोषणा

पोखरा, १४ चैत / कोरोना भाइरस (कोभिड–१९) सँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारको कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले बिहीबार राती फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ ।’

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा सोमबार १ जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ ।

कमेन्टहरु
Loading...