सहारा सेमिफाइनलमा

हेटौंंडा, ४ फागुन /साहारा क्लव हेटौडमा जारी सुमन भोम्जन अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार एपिएफलाई २–० ले हराउँदै सहारा अन्तीम चारमा स्थान बनाएको हो।

सहाराका लागि शिव सुवेदीले पहिलो गोल गरे। एपिएफका मिलन राईले आत्मघाती गोल गर्दै सहाराको जित सहज बनाइदिए।

प्रतियोगितामा बुधबार नेपाल आर्मी र घरेलु टोली रीगल हेटौडाबीच खेल हुनेछ ।

कमेन्टहरु
Loading...