सागको हिसाब किताब ३ महिनाभित्रै सार्वजनीक हुन्छ- सदस्य सचिब सिलवाल

पोखरा, ८ फागुन/ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र सार्वजनीक गरि सक्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा भएको पत्रकार सम्मेलनमा सिलवालले अहिले आन्तरीक लेखा परिक्षणका काम चलिरहेको बताए । उनल महालेखालाई पनि अहिले नै परिक्षाका लागि अनुरोध गरेको एक पैसा पनि बेरुजु नहुने गरी काम गरिरहेको बताए ।

उनले खेलकुदको पूर्वाधार तथा खेल संचालनमा स्थानीय निकायलाई आवश्यक रकम उपलब्ध गराउने बताए । उनले खेलाडी उत्पादनमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा पूर्वाधार निर्माणमा राखेप लागिपरेको बताए । राखेप सदस्य सिलवालले राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डसजायको दायरामा ल्याइने चेतावनी दिए ।

उनले गण्डकी प्रदेशमा आगामी वर्षको फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको बताए । त्यसका लागि आवश्यक निरीक्षण गर्दै पूर्वाधारको लागि बजेट विनियोजन गर्दै जाने आश्वासन दिए । तर, कामै नगरी बजेट माग्ने प्रवृत्तिको भने अन्त्य गरिने बताए ।

अब हुने ओलम्पिक खेलका लागि स्वीमिङ र सुटिङ गरी ३ जना खेलाडी प्रशिक्षणमा रहेको बताए । २०२४ को लक्ष्य राख्दै तेक्वान्दोमा समेत सहभागिता जनाउन २० जनाको प्रशिक्षण भइरहेको जानकारी दिए । देशभर खेलकुद गतिविधि जारी रहेको भन्दै उनले यसबाट खेल, खेलाडीको विकास सहित आर्थिक गतिविधि चलायमान हुने बताए ।

कमेन्टहरु
Loading...