पल्सर स्पोर्ट्स अर्वाडमा पोखराका प्याराग्लाइडिङका योगेश र युकेश मनोनयन

पोखरा, १० असार /नेपाल खेलकुद पत्रकार मंचले असार १७ गते काठमाडौंमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अर्वाडको मनोनयनमा पोखरा दुई जना पर्न सफल भएका छन् । एशियाली रजत पदक बिजेता युकेश गुरुङ र प्रशिक्षकमा योगश भट्टराई मनोनयनमा परेका हुन् ।

युकेश गण्डकी प्रदेश खेलकुद पत्रकार मंचले आयोजना गरेको चौथो पोखरा स्पोर्ट्स अर्वाडका बिजेता समेत हुन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार पत्रकार सम्मेलन गरी १६ औं संस्करणको अवार्डका लागि महिला र पुरुष तर्फ ५–५ जना खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

उनीहरुले वर्ष २०७५ साल भर गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक तथा मञ्चका सचिव गोविन्द रेग्मीले जानकारी दिए । नेपालका लागि १८ औं एशियाली खेलकुदमा पदक बिहिनताको अवस्थालाई समाप्त पार्न यूकेश सहित उनको टिमले महत्वपूर्ण भूमिका खेलेको थियो ।

पहिलो पटक एशियाली खेलकुदमा सहभागिता गराइएको प्याराग्लाइडिङ खेलमा नेपालले उत्कृष्ट खेल प्रर्दशन गराउनमा मुख्य प्रशिक्षकको भूमिकामा रहेका योगेश भट्टराईले महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए ।

करिब २० वर्ष अघि देखि पोखरामा प्याराग्लाईडिङको क्षेत्रमा रहेर कार्य गर्दै आएका भट्टराई नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष समेत हुन । युकेश सहित क्रिकेटका पारस खडका र सोमपाल कामी, गल्फका शुक्र बहादुर राई, जुडोका इन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

त्यसै गरि महिला खेलाडीमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ मनोनयनमा परेका छन् ।

त्यसै गरि प्रशिक्षकमा भट्टराई सहित फुटबलका हरि खडका, क्रिकेटका जगत टमाटा, भलिबलका ज्ञानेन्द्र विष्ट, एथलेटिक्सका धनीराम चौधरी मनोनयनमा परेका छन् । मञ्चले यसअघि अवार्डको सबैभन्दा प्रतिष्ठित विधा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ ।

जसमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा छन् । यसपटकको अवार्ड १७ असारमा कमलादी स्थित नेपाल एकेडेमी हलमा आयोजना हुदैछ ।

खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘स्पोर्ट्स अवार्ड’ नेपाली खेलकुद क्षेत्रकै महत्वपूर्ण कार्यक्रम रहँदै आएको छ । यसपटक मंचले नौ विधा र एक जना अन्तर्रा्ष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गर्दैछ ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते कार्यक्रमकै दिन गरिनेछ । विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० सीसीको मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...