पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवन राईनोजको पहिलो जित

पोखरा, १ पुस / पोखरा जारी पोखरा प्रिमियर लिगमा चितवन राईनोजले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । चितवनलाई बिजयी बनाउन बाबर हायतले सर्वाधिक ६६ रनको योगदान दिए । पोखरा पल्टनका सर्वजित लद्दाको खराब बलिङ रहेयो । उनले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए । हङकङका हायातले ४२ बल खेल्दै ६६ रन जोड्दा ६ चौका र ४ छक्का बनाए ।

पारस खड्का र आरिफ शेख सस्तैमा आउट भएपछि इनिङलाई बावरले सम्हाले । बावरले पाँचौ विकेटको लागि सन्नी पटेलसँग ५० रनको साझेदारी गरे । पटेलले १८ बल खेल्दै २२ रन जोडे । एक चौका दुई छक्का हिर्काए । बावर हायात म्यान अफ दि म्याच बने । चितवनले पहिलो ओभरमै अनिल साहलाई गुमाएपछि बावर हायात क्रिज छिरेका थिए । रोहन आउटभएपछि पारस खड्का ४ रनमा क्याच हुदाँ आरिफ शेख पनि १ रनमै पभेलियन फर्किएका थिए ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दोस्रो सँस्करण अन्तर्गत मंगलबार टस हारेर व्याटिङमा उत्रिएको साविक विजेता पोखरा पल्टनले कप्तान शरद भेषवाकरको ४५ रनको योगदानमा चितवन राईनोसलाई १०८ रनको लक्ष्य प्रस्तुत गर्यो । शुरुदेखि नै व्याटिङमा धर्मराएको पोखरा पल्टनको इनिङलाई कप्तान भेषवाकरले सम्हाल्ने प्रयास गर्दै स्कोर उकासे । टस हार्दै व्याटिङ गर्ने क्रममा १०७ रन बनाउँदा सवै विकेट गुमाएको पोखरा पल्टनले ओभर भने पुरै खेल्यो ।

दोस्रो ओभरमै पहिलो विकेट गुमाएको पोखरा पल्टनका लागि कप्तान भेषवाकरले इनिङ सम्हाल्ने क्रममा तेस्रो नम्बरमा व्याटिङमा आएका थिए । कुशल भुर्तेललाई ५ रनमै गुमाएको पोखराले दोस्रो विकेटको रुपमा आशिफ शेखलाई गुमाउन पुग्यो । शेखले दुई चौका हान्दै सेट हुन खोजेपनि विक्रम शोबको बलमा सन्नी पटेलको हातबाट क्याच भए ।

चौथो विकेटको रुपमा आएका रवि इन्दरसिंह पनि पहिलो संस्करणमा जस्तो जम्न सकेनन् । कप्तान भेषवाकरसँग महत्वपूर्ण साझेदारीको अपेक्षा गरिएको थियो । यद्यपी सिंहपनि पारस खड्काको बलमा बोल्ड भएपछि कप्तान भेषवाकरमाथि दबाव सृजना भयो । भेषवाकरले ४५ रन बनाउने क्रममा ३९ बल खेल्दै ३ चौका र ३ छक्का हिर्काए ।

विनोद भण्डारीलाई पनि पोखराले दोहोरो अंकको रनविहीन अवस्थामै पभेलियन फर्किएको देखेपछि कुशल मल्ल १३ रनै आउट भए । एकपछि अर्को गर्दै विकेट झरेपछि दबावमा रहेको पोखराका लागि तीन व्याट्सम्यान रनविहीन रहे । रोहितकुमार पौडेल रन आउटको शिकार हुन पुगे । सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर २ विकेट लिए । रोहन मुस्तफा र भुवन कार्कीले पनि समान दुई विकेट नै लिए ।

कमेन्टहरु
Loading...