पोर्चुगलको जितमा रोनाल्डोको चार गोल

पोखरा, २५ भदौ / पोर्चुगलले युरो कप छनोट फुटबल प्रतियोगितामा लिथुनियालाई फराकीलो अन्तरले पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
लिथुनियालाई पराजित गर्न कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे ।

त्यस्तै, विलियन कार्भाल्होले एक गोल गरे । सान्तोना गोल गरेको लिथुनियाका लागि भने खेलको २८ औ मिनेटमा आन्द्रेयुस केविसियसले गोल गरे ।

रोनाल्डोले खेलको सातौं मिनेटमा पेनाल्टीबाट र ६१औं, ६५औं र ७६ औ मिनेटमा गोल गरे । खेलको अतिरिक्त समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ गोलको जित दिलाए ।

कमेन्टहरु
Loading...