पोखरा, १८ चैत/अपाङ्ग खेलकुद समिती कास्की र स्वावलम्वन जीबन पद्धती केन्द्रको संयुक्त आयोजनामा पोखरामा “छैटौ गोर्खा ज्वलेरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते हुने उक्त प्रतियोगितामा ६ तिमको सहभागिता रहने आयोजक मध्येका एक अपाङ्ग खेलकुद समिती कास्कीका अध्यक्ष भरत बिक्रम बानियाले जानकाररी दिएका छन ।
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, जावलाखेल ह्विल चियर स्र्पोट्स क्लब, स्पाइनल कर्ड इन्जुरी स्र्पोट्स एशोसियसन, ह्विल चियर स्र्पोट्स एशोसियसन, नेपालगञ्ज ह्विल चियर खेलकुद संघ र आयोजक एक टिमको सहभागिता रहने आयोजक स्वावलम्वन जीबन पद्धती केन्द्रका अध्यक्ष हेम गुरुङले बताए ।
गोर्खा एण्ड बराह ज्वेलरी एण्डष्ट्रिजको मुख्य प्रायोजनमा हुने उ्रक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद ४०, २५ र १५ हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन । लिगका आधारमा हुने उक्त प्रतियोगितामा आयोजक पोखराका खेलाडीलाई कटवाल हेल्प नेटवर्क काठमाण्डौले जर्शी प्रदान गरेको छ । प्रतियोगिताको सह प्रायोजन पोखरा लेखनाथ महानगरपालिका ले गर्ने भएको आयोजकले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा मुख्य प्रायोजक संस्था गोर्खा एण्ड बराह ज्वेलरी एण्डष्ट्रिजका प्रबन्धक सुनिल गुरुङले संस्थाले समाजको हित र उत्थानका लागि कम्पनीले स्थापनाकाल देखि सहयोगका हात हरु बढाउँदै आएको बताए । स्वावलम्वन जीबन पद्धती केन्द्रका अध्यक्ष गुरुङले पोखरा रंगशालामा निर्माण भएका पूर्वाधारहरु अपाङ्गमैत्री हुन नसकेकोमा गुनासो गरे । उनले साङ्ग व्यक्ती सरह अपाङ्गहरुले पनि खेल्न सक्छन भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने जानकारी दिंदै अपाङ्ग खेलकुद समिती कास्कीका अध्यक्ष बाँनियाले चैत २० गते पोखरा चिप्लेढुङ्गा बाट एक ¥याली समेत निकालिने बताए । पोखरालाई खेलकुद पर्यटन राजधानीको रुपमा माथी उठाउन प्रतियोगिताले भूमिका खेल्ने बताउँदै उनले समाजमा भएका अपाङ्ग व्यक्तीहरुको क्षमता माथी उठाउन र सकारात्मक दृष्टीकोण प्रवाह गर्न प्रतियोगिता सफल रहने विश्वास व्यक्त गरे ।