‘पोखरा मिडिया कप’को उपाधि जक्शन सिक्स्टिन ‘ए’लाई

पोखरा, ११ भदौ /बिग एफएमको प्रस्तुतिमा भएको पहिलो संस्करणको ‘पोखरा मिडिया कप’ आयोजक ‘जक्शन १६’ कै पोल्टामा परेको छ । फाइनल राउण्डमा आयोजक ‘जक्शन १६’को तर्फबाट खेलेका ‘ए’ र ‘बी’ समूहमध्ये समूह ‘ए’ विजेता बन्यो ।

खेलअवधीभर दुवै पक्षबाट १–१ गोल भएको थियो । बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकरले गरेको थियो । टाइब्रेकरको क्रममा ‘जक्शन १६’को समूह ‘ए’का गोलकिपरले गौसब गुरुङले उत्कृष्ट बचाऊ गर्दै आफ्नो समूहलाई जिताएका थिए ।

पहिलो सँस्करणको पोखरा मिडिया कपको विजेता बनेसँगै आयोजक जक्शन १६ ‘ए’ले नगद ३५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेता बन्दै जक्शन १६ ‘बी’ले २० हजार रुपैयाँ नगदसँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । खेलाडीहरुलाई साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारी, नेपाली फुटबल टिमका पुर्वकप्तान अनिल गुरुङ र म्याट्रिक्स एरेनाका संचालक अमनविक्रम थापाले पुरस्कार प्रदान गरेका थिए ।

त्यो भन्दा अगाडि प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद बिन्दुकुमार थापाले सबै सहभागीलाई धन्यबाद ज्ञापन गरे । साथै उनले यो प्रतियोगिताले पुरै पत्रकारिता जगत नै फुटसलको माध्यमबाट खेलप्रति आकर्षित भएको महशुस गरेको बताए । ‘यो खेलकुद र पत्रकारिता क्षेत्रकै लागि राम्रो सन्देश हो ।

र, व्यक्तिगत रुपमा पनि हरेक सहभागीलाई यो खेलकुद प्रतियोगिताले राम्रो गर्ने निश्चित नै छ ।’ सांसद थापाले भने–‘आपसमा भाइचारा बढाउनुसँगै स्वास्थ्यप्रति सचेतना पनि जगाउने यस्ता खाले प्रतियोगिताहरुले निरन्तरता पाउनुपर्छ ।’

प्रतियोगितामा सुशान्त गाहामगर उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै गन्थन डटकमका विजय नेपालीले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधीभर सबैभन्दा धेरै गोल गर्दै निकोलस गुरुङले ‘हाइ स्कोरर’को उपाधी प्राप्त गरे । प्रतियोगिताभर सबैभन्दा अनुशासित खेल खेलेको भन्दै ‘भोग स्टुडियो’ पुरस्कृत भएको थियो ।

कमेन्टहरु
Loading...