पोखरामा शनिबार कास्की जिल्ला विद्यालय स्तरिय पौडी प्रतियोगिता हुने

पोखरा, १९ असार /कास्की जिल्ला पौडी संघ र नेपाल पौडी संघको संयुक्त आयोजनामा पोखरामा कास्की जिल्ला विद्यालय स्तरिय पौडी प्रतियोगिता हुने भएको छ ।

फिना वल्र्ड एक्वेटिज डे को अवसरमा शनिबार हुने उक्त पौडी प्रतियोगिता हेम्जाको पेन्गुइन स्मिङ्ग पुलमा हुने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा छात्र तथा छात्राको यु–१०, यु–१२, यु–१४ र यु–१७ गरि विभिन्न उमेर समुहमा प्रतिस्पर्धा हुने आयोजक संघ कास्कीका अध्यक्ष बैभव पौडेलले जानकारी दिए । सहभागि खेलाडीहरुले व्रेष्ट र फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । विजयी खेलाडीहरुलाई मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा संघ कास्कीका सचिव आनन्द कुँवरले पोखरामा पौडी खेलको विकासका लागि यस्ता प्रतियोगिताको महत्व रहने बताउँदै प्रतियोगितामा सहभागिताका लागि विद्यालयलाई आग्रह गरे । प्रतियोगितामा भाग लिने इच्छुधक खेलाडीहरुले शुक्रबार साँझ सम्म आ–आफ्नों नाम दर्ता गराउन पनि उनले आग्रह गरे । लेकसाइड स्थित बेञ्जन रेष्टुरेण्टमा दर्ता गराउन सकिने कुँवरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा संघ कास्कीका सदस्यहरु जीवन रेग्मी, आशिक गुरुङ्ग, निरोज थापा, नविन थापा, सजेन्द्र हमाल, अनिल थापा, मनोज भट्ट, भाष्करध्वज श्रेष्ठ, मोनिका थापा, मिलन खत्रि, निर्मल पहारी लगायतले पोखरामा पौडी खेलको विकासका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताए । नेपाल खेलकुद पत्रकार मञ्चका सल्लाहकार विनोद लामिछानेले प्रतियोगिताको सफलताको शुभ–कामना व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...