प्याबसन स्पोर्टस मिटः छात्र फुटबल संगै छात्रा भलिबल शुरु

पोखरा, ३० मंसिर / प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मासिनियर तथाजुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन् । बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा सोमबार सिनियर तर्फ ९ वटा खेलहरु सम्पन्न भएको प्याबसनकास्कीका सचिब विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

सिनियर छात्र तर्फ बालोदयले डायमण्डले १–० ले पराजितगर्दा शिसु कल्याणले बालप्रभातलाइृ ३–० गोल अन्तरले पाखा लगायो भने रेन्वोले मनिंङ स्टारलाई ५–१ को गोलअन्तरले पराजितगर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसै गरि नोवेलले कन्चनजंघा बोर्डिङलाई २–० ले, शान्तीदिपले वेसलाइनलाई ३–० ले, जेसिएले कन्चनजंघा एकेडेमीलाई ३–० ले र स्नोभ्यूले ढुङ्गेसांघुलाई २–० गोल अन्तरले पराजित गरेका छन ।

छात्र सिनियर तर्फनै दुई वटा खेलहरु टाइ व्रेकरमा टुङ्गोमापुगेका छन । नवदिप र गुड सेफर विचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिए पछि टाइ व्रेकरमानवदिप ५–४ गोल अन्तरले बिजयीबन्यो भने शान्तीनिकुञ्ज र बालविद्याको खेल समेत १–१ गोलको बराबरीमा सकिंदा टाइव्रेकरमाशान्तीनिकुञ्ज ६–५ गोलले बिजयीबन्यो ।

यता छात्र जुनियर तर्फ शान्तीदिप, पोखरा यूनाइटेड, ज्ञानुबाबा, कुमुदिनीग्लोबल,नवदिप र नेपालआदर्श, प्रगतीआ–आफ्ना खेल जितेर क्वाटर फाइनलमाप्रवेश गरका छन ।

सोमबार सम्पन्न छात्राभलिबलतर्फको खेलमाटप्स, नेपालआदर्श, हिलपोइन्ट, डायमण्डबिजयीहुँदै सेमिफाइनलमाप्रवेश गरेका छन । सम्पन्न खेलमा नेपालआदर्शले निलगिरीलाई २६–२४, २५–१६ ले, टप्सले इडियन्सलाई २५–५, २५–१२ ले, हिलपोइन्टल् सृजनालाई २५–१४, २५–१६ ले, डायमण्डले हिमाञ्चललाई २५–१५ र २५–२२ ले पराजित गरेकाथिए ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबलतर्फ १७ टिमको सहभागिता रहेको छ । प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामायूवातथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले गर्ने कार्यक्रम रहेको प्यावसनकास्कीले जनाएको छ ।

पोखरामापुस ५ गते सम्मनिरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्यदर्शकहरुले अवलोकनगर्ने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन् ।

कुल १ सय २ विद्यालय आबद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...