पश्चिमाञ्चल उच्चमाविमा खेलकुद

पोखरा, पुस १८/विद्यार्थीहरुको शारिरिक तथा वौद्धिकता विकास गराउने उद्देश्यले पश्चिमाञ्चल उच्चमाविले वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उच्चमाविका ११ र १२ कक्षाका छात्र तथा छात्राले प्रतिश्पर्धा गरेका थिए ।

कार्यक्रममा छात्र र छात्राको बास्केटबल र टेबलटेनिस प्रतियोगिता गरिएको थियो । बास्केटबलतर्फ १२ कक्षाको व्यवस्थापन समुह प्रथम, ११ कक्षाको व्यवस्थापन समुह द्वितीय र ११ कै विज्ञान समुह तृतिय भए । बास्केटबलमा निश्चल श्रेष्ठ उत्कृष्ट खेलाडि घोषित भए ।

त्यस्तै टेवलटेनिसका ७ समुहमध्ये अनिश बसेल प्रथम, क्रिशियस श्रेष्ठ द्वितीय र शिव रानाभाट तृतिय भए । नविन तिमिल्सेना उत्कृष्ट ठहरिए । उत्कृष्ट टिम र खेलाडीलाई पुरस्कार दिईने खेलकुद शिक्षक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...