प्याबसन स्पोर्टस मिटः फुटबलतर्फ क्वाटरफाइनलका समिकरण पुरा

पोखरा, ४ पुस / प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत फुटबल, भलिबल, एथ्लेलिेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेका छन् । बिहिबार सम्पन्न छात्र सिनियर फुटबलतर्फभने क्वाटरफाइनलका समिकरण सम्पन्न भएका जुनियरतर्फ प्रगती बोर्डिङ र नेपाल आर्दश फाइनलमा प्रवेश गरेका छन् ।

सम्पन्न सिनियरतर्फका खेलबाट स्नो भ्यू र बाल कल्याण, नोबल एकेडेमी र हार्वडले सेमीफाइनलमा एक अर्काको सामना गर्नेभएका छन् । अन्तिम क्वाटर फाइनलका खेलमा स्नो भ्यूले शान्ती निकुञ्जलाई २–० ले, बाल कल्याणले धौलागिरीलाई ३–० ले नोबल एकेडेमीले बालोदयलाई २–० ले र हार्वडले मेरीगोल्डलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका हुन । हार्वड र मेरीगोल्डको खेल निर्धारित समयमा २–२ को बराबरीमा पुगेपछी खेल टाइब्रेकरमा पुगेको थियो ।

यता जुनियरतर्फको फुटबलको फाइनलमा नेपाल आर्दश र प्रगती बोर्डिङ पुगेका छन । नेपाल आर्दशले स्नो भ्यूलाई ६–० र प्रगतीले ग्लोबललाई ४–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । तेश्रो स्थानका लागि स्नो भ्यूले ग्लोबल विरुद्ध खेल्ने फुटबल प्रतियोगिताका संयोजक जगत थापाले जानकारी दिए ।

एथ्लेटिक्स

पोखरा रंगशालामा एथ्लेटिक्सतर्फका खेलहरु जारि रहेको मध्ये शटपुट छात्र–छात्राको फाइनल खेल सम्पन्न भएको छ । शटपुट छात्रतर्फ अल्फाका रेशम गुरुङ प्रथम भएका छन भने स्नो भ्यूका रोशन सूचिकार द्वितिय र सोसल पल्लिकका सोनम गुरुङ तृतिय भए ।

छात्रा शटपुटतर्फ टप्सकी ममता कुमारी डंगोरा प्रथम भएकी छन । यसै गरि लिटिल स्टेपकी सोनिका परियार द्वितिय भइन भने बेसलाइनकी सुमिना गुरुङ तेश्रो भइन ।

बिजेता खेलाडीलाई पोखरा महानगर पालिका शिक्षामहाशाखा प्रमुख गंगा बहादुर गुरुङ, प्यावसनका केन्द्रिय सदस्य चिनु रानाभाट र प्यावसन कास्कीका सल्लाहाकार धु्रब केसीले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

एथ्लेटिक्स् तर्फनै १००x४ रिले छात्र–छात्रा, ४ सय मिटर दौड र २०० मिटर दौड छात्र–छात्राका खेलहरु जारी रहेका छन ।

भलिबल

भलिबल छात्र तर्फ सबलाइमले अल्फालाई २५–१५ र २५–२२ ले, रेन्वोले ताराकुञ्जलाई २५–१९ र २५–१२ ले निलगिरीले लिटिल स्टेपलाई २५–२१ र २५–१० ले तथा डायमण्डले हिल पोइन्टलाई २५–१४, २३–२५ र २५–२१ ले जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेकाछन ।

छात्रातर्फ भने भोली नेपाल आर्दश र टप्स तथा डायमण्ड र हिलपोइन्ट सेमीफाइनलमा भिड्नेछन । छात्रा तर्फ फाइनल र तेश्रो स्थानका लागि भोली खेल हुने भलिबल प्रतियोगिताका संयोजक विश्व बास्तोलाले जानकारी दिए ।

टेबुल टेनिस

अन्य खेलहरु संगै पोखरा रंगशालामा टेबुल टेनिसका खेलहरु मध्ये छात्र डवल्स तर्फ मदरल्याण्ड सेमीफाइनल प्रवेश गरेको छ । यसै गरि छात्रा डवल्समानै टप्स, नेशनल इन्भेन्टिभ, सबलाइम, लिटिल स्टेप, डायमण्ड, सृजना क्वाटरफाइनलमा प्रवेश गरे । छात्र डवल्समा मदरल्याण्ड, प्रगती, निलगिरी, लिटिल स्टेप र सृजना क्वाटरफाइनल प्रवेश गरेकाछन ।

टेबुल टेनिसमा छात्रा एकलतर्फ सबलाइम, ईडियन्स, मदरल्याण्ड र ढुङ्गेसाँघु तेश्रो चरणमा प्रवेश गरेका छन भने सोही इभेन्टतर्फ नेशनल इन्भेन्टिभ र ग्लोबल क्वाटर फाइनल प्रवेश गरेकाछन । छात्र सिंगल्स तर्फ मदरल्याण्ड, प्रगती, ग्लोबल, निलगिरी, लिटिलस्टेप र सृजना क्वाटरफाइनल प्रवेश गरे ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टसमा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूद इभेन्टहरुमा सहभागिता जनाएको प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले जानकारी दिएकाछन ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबल तर्फ १७ टिम छात्र तर्फ २४ र टेबुल टेनिसमा छात्र–छात्रा गरि ३९ विद्यालयहरुको सहभागिता रहेको छ प्रतियोगिताका संयोजक एवम प्याबसन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...