कास्की जिल्ला नेटबल संघको अध्यक्षमा रानाभाट

पोखरा, ९ असार​/कास्की जिल्ला नेटबल संघको सोमबार सम्पन्न भेलाले कृष्णबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।संघको उपाध्यक्षमा फणिन्द्र तिमिल्सिना, सचिवमा दिपक भण्डारी, कोषाध्यक्षमा ज्योति गुरुङ र सदस्यहरुमा गोपाल थापा, लेखुराम खती, उजेली विक, अम्बिका राजभण्डारी, आशिष वास्तोला चयन भ​एका छन् ।

कास्की जिल्ला नेटबल संघको अध्यक्षमा रानाभाट

सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश वराल, उत्तम जोशी लगायतले नेटवल खेल कास्कीको लागि नयाँ भएकोले कार्य समितिका पदाधिकारीहरुले मेहनत धेरै गर्नुपर्ने वताए ।

कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहाकारमा यामकुमार थापा, सुर्यप्रसाद ढकाल, सुर्य श्रेष्ठ, नेत्रप्रसाद तिमिल्सिना, राजु भण्डारी र प्रमिश ताम्राकारलाई चयन गर्ने तथा यहि असार १४ गते शनिबार काठमाण्डौमा हुने नेटबल संघको केन्द्रिय अधिवेशनमा जिल्ला अध्यक्ष कृष्ण रानाभाट र केन्द्रिय प्रतिनिधि उत्तम जोशीलाई भाग लिन पठाउने निर्णय भएको सचिव दिपक भण्डारीले वताए ।

कमेन्टहरु
Loading...